बैशाख २६,गुल्मी:-गुल्मीको सदरमुकाम तम्घासमा सञ्चालित हाट बजार केहि दिन बन्द हुने भएको छ । रेसुङ्गा नगरपालिकाद्धारा तम्घासको चारीखोलकामा सञ्चालन गरिएको कृषि तथा पशु उपज संकलन केन्द्र (हाट बजार) मा कार्यरत कर्मचारीहरु निर्वाचन प्रयोजनका लागि विभिन्न मतदान केन्द्रमा खटिनु पर्ने भएकाले बन्द गरिएको रेसुङ्गा नगरपालिका नगरपालिकाको कार्यालयले जनाएको छ ।
जिल्ला स्थित विभिन्न मतदान केन्द्रमा यही वैशाख २६ गते (सोमबार) देखि अर्को सूचना नभएसम्मका लागि हाट बजार गरिएको हो ।