जेठ १४, गुल्मी – गुल्मीको मालिका गाउँपालिकामा कार्यपालिका सदस्यको पहिलो बैठक बसेको छ । गाउँपालिका अध्यक्ष देबिराम अर्यालको अध्यक्षतामा बसेको पहिलो बैठकले विभिन्न विषयगत समिति गठन गरिएको छ ।
सार्वजनिक सेवा तथा सामाजिक बिकास समिति संयोजकमा मालिका गाउँपालिका ३ का वडाध्यक्ष ज्ञान कुमार बुढामगर , सामाजिक बिकाश समिति संयोजकमा मालिका ५ का वडाध्यक्ष रेखा कुमार जिसि , आर्थिक बिकास समिति संयोजकमा मालिका ८ का वडाध्यक्ष सुर्य बहादुर जिसि , पुर्वाधार बिकास समिति संयोजकमा मालिका ६ वडाध्यक्ष दीपक भण्डारी , गाउँपालिकाको प्रवक्तामा ज्ञान बहादुर बुढामगर, वातावरण तथा बिपत व्यावस्थापन समिति संयोजकमा कार्यपालिका सदस्यमा कमल सुनार रहेका गाउँपालिका प्रवक्ता ज्ञान बहादुर बुढामगरले जानकारी दिए ।
त्यस्तै पहिलो बैठकमा मालिका ८ मर्भुङ्ग सिमलटारीम अबस्थित मालिका माध्यमिक नमुना विद्यालय र त्यसका कामलाई अगाडी बढाउने समेत निर्णय गरिएको छ ।