गुल्मी- गुल्मीमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ। गुल्मीको मुसिकोट नगरपालिका–१ सिंग्ले सलुनीटोल बस्ने ५९ वर्षीय गोपाल सार्कीको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ ।
आफ्नो घर नजिकैको मकै बारीमा बाँदर कुर्न जाने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। सार्कीको भुईमा लत्रिएको बिजुलीको तारमा छुँदा करेन्ट लागेको हो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।