साउन १६, काठमाडौं – बराह बचत तथा ऋण सहकारी संस्थाका पीडित सेयर सदस्य तथा वचतकर्ताहरुले धरान उपमहानगरपालिकामा घेराउ गर्दै मेयर हर्क साम्पाङ विरुद्ध नाराबाजी गरेका छन्।
पीडितहरुलाई न्याय दिलाउन ढिलाई गरेको र छानबिन समितिसँगको छलफलमा बस्ने क्रममा आइतबार मेयर साम्पाङले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध घेराउ र नाराबाजी भएको हो ।
मेयर साम्पाङले छलफलमा पीडितहरुकोतर्फबाट ५ जना मात्र प्रतिनिधिमुलुकरुपमा बस्न भन्दै बाहिरिएका थिए । त्यसलगत्तै पीडितहरु छलफलमा नबस्ने भन्दै बैठक कक्षबाट बाहिरिएर आन्दोलन चर्काएका थिए ।
बराह पीडितहरुले प्रहरीको घेरासमेत तोडेर मेयरकै कार्यालयसम्म पुगेका थिए त्यहाँ आक्रोशित भिडले मेयरको कार्यालय बाहिरको सिसासमेत फुटाइदिए । घटना अप्रिय हुन नदिन भन्दै जिल्ला प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापा आफै पनि धरान आएका थिए ।