साउन १६ धरान – धरान र नेकपा एमाले नेतृ एवम् निवर्तमान उपमेयर मञ्जु भण्डारीले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई साइबर अपराध बारे सचेत गराएकी छिन् । आफ्नो फोटो दुरुपयोग गरेर गलत प्रचार गरेको भन्दै उनले साइबर अपराधबारे जानकारी हुन सचेत गराएकी हुन् ।
आइतबार बराह बचत तथा ऋण सहकारीका पीडितहरूले उपमहानगरपालिका घेराउ गरेपछि मेयर साम्पाङ आक्रोशित भएका थिए । उपमहानगरपालिका कार्यालय तोडफोड गरेका पीडितले मेयर विरुद्ध नाराबाजी समेत गरे । सोही विषयलाई लिएर मेयर साम्पाङले एमाले कार्यकर्ताले पीडितलाई उचालेको भन्दै फेसबुक पोस्ट गरेका थिए । स्थानीय निर्वाचनमा मेयरकी उम्मेदवार रहेकी भण्डारीलाई मत मागेको फेसबुक ब्यानर सहित साम्पाङ्ले पोस्ट गरेका थिए ।शकथित सङ्घर्ष समितिका संयोजक खगेन्द्र नेपाली ज्यूलाई धराने जनताको करोडौँ सलाम,’ लेखेर उनले फेसबुक पोस्ट गरे । जसमा नेपालीले मञ्जु भण्डारीलाई भोट मागेको ब्यानर प्रयोग भएको छ । उनै नेपालीले बराह पीडितलाई उचालेको साम्पाङको निष्कर्ष छ ।
सोही विषयलाई लिएर भण्डारीले पनि फेसबुक पोस्ट गरेकी छिन् । उनले लेखेकी छिन् “धरानका मेयर हर्क साम्पाङ ज्यू ११ बराह पीडितहरूसँगका तपाईँका प्रसङ्ग जोडेर मेरो फोटो दुरुपयोग गर्ने र एमालेलाई लाञ्छित गर्ने काम किन गर्नु हुन्छ रु तपाईँलाई साइबर अपराधको बारेमा जानकारी नै नभएको त कसरी भनौँ रु नगर सरकारका प्रमुखले लोकप्रियताका नाममा होस गुमाउँदा नगरवासीको शिर निहुरिनेमा सजग बन्नुभयो भने मात्रै धरानवासीको मर्यादा उँचो हुने हो ।”
धरानमा सञ्चालित बराह सहकारीले हजारौँ सेयर सदस्यको करोडौँ रुपैयाँ हिनामिना गरेको आरोप लाग्दै आएको छ । ६ महिना देखी बराहका बचतकर्ता तथा सेयर सदस्यहरू आफ्नो रकम पाउनुपर्ने माग सहित धर्नामा छन् । सोही विषयलाई लिएर बचतकर्ताहरू उपमहानगरपालिका घेराउमा उत्रिएका हुन् ।