अनिल खत्री , गुल्मी ।
गुल्मीमा कार्यालयको सेवा प्रवाह सरलीकृतको लागि अन्तर तह समन्वय र सहकार्य विषयक अन्तक्रिया कार्यक्रम गरिएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजनामा गरिएको कार्यक्रममा कार्यालयको सेवा प्रवाह सरलीकृतको लागि अन्तर तह समन्वय र सहकार्य विषयक अन्तक्रिया गरिएको हो ।
घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका राजीव आर्यालले कार्यालयले प्रदान गर्ने सेवाप्रवाह र आगालमी दिनमा गर्न लागेका कार्यक्रमहरुको बारेमा जानकारी गराउनु भएको थियो । अर्यालले प्रस्तुत कार्यपत्र अनुसार गुल्मी जिल्लामा उद्योग व्यवसाय दर्ता घटदै गएको छ ।
जिल्लामा साना उद्योग र वाणिज्य फर्म बन्द हुनेको संख्या बढ्दै गएको छ । आर्थिक वर्ष ०८०/०८१ मा १५९ वटा उद्योग बन्द भएका छन् । त्यस्तै वाणिज्य तर्फ प्राइभेट फर्म १८७ बन्द भएको जानकारी राउनु भएको थियो । यो अवधीमा उद्योग दर्ता ७३ वटा र २९५ वटा नवीकरण भएका छन् ।
पाँच लाख सम्मको पूँजी भएका व्यवसाय स्थानीय तहमै हुने भएपछि घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता हुनेको संख्यामा कमी आएको कार्यालय प्रमुख अर्यालले बताउनुभयो । लगानी अनुसार प्रतिफल नभएको भन्दै व्यवसाय बन्द गर्नेहरुको संख्या पनि बढ्दै गएको छ ।
जिल्लामा बजार अनुगमनको क्रममा केहि समस्या र चुनौती रहेको उल्लेख गर्नु भएको थियो । केही पसलेहरुले व्यवसाय दर्ता नगरी चलाएका, व्यवसाय दर्ता नवीकरण फेल भएका पाइएको बारेमा कार्यक्रममा जानकारी गराउनु भएको थियो ।
खरिद बिक्री बिल तथा खाता व्यवस्थित नगरेको, व्यवसायको प्रकृति खुल्ने चिनारीसहितको बोर्ड नराखेका किराना पसल तथा होटल व्यवसायीलाई कानुनी दायरामा आउन सचेतना मुलक जानकारी प्रदान गर्नुको साथै सुधारको लागि निर्देशन दिइएको कार्यालय प्रमुख अर्यालले बताउनुभयो । यसवर्ष घरेलु तथा साना उद्योग कार्यालयले चाडपर्वको समयमा बजार अनुगमनलाई तीव्र पारेका थियो ।
जिल्ला स्थित स्थानीय तहका प्रमुख तथा सरोकारवालाहरुको सहभागितामा गरिएको कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयले प्रदान गर्ने सेवा प्रवाहको बारेमा सुझाव तथा गुनासाहरु उठान भएका थिए । चन्द्रकोट गाउँपालिकाका सूचना अधिकारी शिव ज्ञवालीले घरेलु तथा साना उद्योग कार्यालयसँग दर्ता भएका ५ लाख मुनिका लगानीका पसलहरुको फाइल स्थानीय तहमै पठाउनुपर्ने माग गरेका थिए । त्यस्तै गुल्मी उद्योग बाणिज्य संघ गुल्मीका अध्यक्ष इश्वरीप्रसाद पौडेलले जिल्लामा दर्ता भएका होलसेल व्यवसायीले गाउँगाउँमा रहेको व्यवसायीलाई सामाग्री पुर्याउने क्रममा स्थानीय तहले दुखः दिएको बारेमा समस्या उठान गर्नुभयो । त्यस्तै सत्यवती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले केहि ठाउँमा सुर्ति, मदिरा र खाद्यन्नका पसलहरु एउटै दर्ताबाट चलाउने गरेको समस्या राख्नुभयो ।
चन्द्रको गाउँपालिका अध्यक्ष युवराज केसीले गाउँगाउँमा ७० यूपीको टुङकुलो रक्सी बन्द गर्नुपर्ने माग गर्नु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रतिनिधि वरिष्ठ शाखा अधिकृत नेत्र प्रसाद भुसाल, करदाता सेवा कार्यालय गुल्मीका प्रमुख बिक्रम पन्थीले विभिन्न कानुन तथा नीति र कर सम्बन्धी जानकारी गराउनु भएको थियो ।
करदाता सेवा कार्यालय गुल्मीका प्रमुख बिक्रम पन्थीले अन्तशुल्क मार्फत राजश्व लेबलिङ भएका कुनै पनि रक्सी र सामाग्री बन्द गर्न नपाउने बताउनुभयो । कार्यक्रममा व्यापक छलफलले तिनै तहका सरकारी निकायको भूमिका, अन्यौलता, समस्या र समाधानका उपाय पहिचान गरेको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोर्ण खत्रीले सबै स्थानीय तहले समन्वय गरेर एउटै खालका नीति बनाएर अगाडी बढनुपर्नेमा जोड दिनुभयो । कतिपय विषय बस्तुमा सबै स्थानीय तहको एउटै धारणा हुनेहो भने त्यो प्रभाकारी हुने खत्रीले बताउनुभयो ।
जिल्लाका १२ वटै स्थानीय तहमा घरेलु तथा साना उद्योग, करदाता सेवा कार्यालय । जिल्ला प्रशासन कार्यालयले विभिन्न व्यवसाय दर्ता नवीकरण र कनुनको बारेमा जानकारी दिने उदेश्यले कार्यक्रम राख्नुपर्नेमा जोड दिनुभयो ।।