सरीता पौडेल, गुल्मी
मुसिकोट नगरपालिका गुल्मीले आफ्नै भवनबाट सेवा प्रदान गर्न सुरु गरेको छ । कार्यालयले २०८० फाल्गुण २४ गतेबाट सेवा सुरु गरेको हो ।
गत मंसिर २० गते पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीबाट कार्यालयको समुद्घाटन गरिसकेपछी नगर प्रमुख र उपप्रमुखले सो कार्यालयबाट आफ्नो काम गर्दै आउनु भएको थियो । केही प्रवधिक कारणले नागरिकको सम्पुर्ण काम गर्न सकिएको थिएन फाल्गुण २४ गतेबाट काम सुरु गर्न थालिएको छ नगरपालिकाका सुचना अधिकारी प्रकास घिमिरेले बताउनु भयो ।
सबै काम एउटै भवनबाट हुने हुदा सेवाग्राहीलाई सास्ती नहुने गरि कार्यलयबाट प्रदान हुने सेवा बिना झन्झट दिईने योजना शाखा प्रमुख मुना ज्ञवालीले बताउनु भयो ।
नगरपालिकाले बिहिवार एक सुचना जारी गर्दै हालको भवनबाट प्रवाह हुँदै आएका सेवाहरु बिहिवार देखि आफ्नै भवनबाट प्रवाह भएको जानकारी दिएको छ ।
फाल्गुण २१ गते अर्धवार्षिक सार्वजनिक सुनुवाई गरि २२ गते आफ्नो स्थापना दिवस धुमधामका साथ मनाए लगत्तै पुरानो भवनबाट कागजातहरु सारी नयाँ भवनबाट सेवा सुरु गरिएको बताईएको छ ।
नगरपालिका अन्तर्गत रहेको कृषि तथा पशु शाखाले भने यस अगाडी नै भेटेनरी अस्पतालको भवनबाट सेवा दिँदै आएको छ । भाडाको घरबाट सञ्चालन हुँदै आएको नगरपालिकाले हालसम्म मासिक रुपमा ६२ हजार भाडा तिर्दै आएको थियो ।
भवन निर्माणको लागि १५ करोड ३० लाख ६५ हजार आठ सय पाँच रुपैयाँ खर्च भएको छ । आठ करोड ४८ लाख ११ हजार चार सय २० रुपैयाँमा श्रेष्ठ महादेव खिम्ती जेभीले निर्माण गरेको हो । चार तल्ले भवनमा दुई वटा मिटिङ्ग हल, एउटा सेमिनार हल, ३९ कोठा, ठुलो पार्किङ्ग क्षेत्र सहित १८ रोपनी १४ आना क्षेत्रफलमा निर्माण गरिएको छ ।
नयाँ भवनबाट काम पनि नयाँ तरिकाले हुने नागरिकको अपेक्षा रहेको छ ।