साउन १७, अर्घाखाँची – अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका तत्कालीन कार्यकारी अधिकृत रामजी जोशीलाई लाखौँ रकम हिनामिना गरेको आरोप लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न बहानामा उनले चार लाख ४७ हजार पाँच सय रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको छ ।फर्निचर खरिद गर्दा वास्तविक मूल्यभन्दा फरक राखेर कमिसन खाएको देखिन आएपछि अख्तियारले जोशीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उक्त पालिकाबाट सरुवा भएका उनले खरिद गरेका सामग्रीहरु कार्यालयको स्टोर व्यवस्थापन गर्ने क्रममा नभेटिएपछि अख्तियारले अदालतमा भ्रष्टचार मुद्दा दायर गरेको बताइएको छ ।उनले हिनामिना गरेको रकम चार लाख ४७ हजार पाँच सय रुपैयाँ असुल गर्नुपर्ने मागसहित अख्तियारले कैद सजायको मागदाबी गरेको हो ।(सुपादेउराली खबर)