सर्लाही – नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरी सर्लाहीका ७ जना पदाधिकारीहरु नेकपा एमालेमै फर्किएका छन् ।
सर्लाही जिल्लाका उपाध्यक्षसहितका ७ जना पदाधिकारीहरु पार्टी फुटको औचित्य पुष्टि गर्न नसकेको भन्दै शुक्रबार एमालेमै फर्किएका हुन् ।
नेकपा एस परित्याग गरी जिल्ला कमिटी उपाध्याक्ष देवेन्द्र राय, सचिव गोविन्द अधिकारी, उपसचिव लिलादेवी कोइराला, केन्द्रीय परिषद सदस्य रूप नारायण सिंह, प्रचार विभाग प्रमुख तथा हरिवन नगर कमिटी अध्यक्ष चूडामणि वाग्ले, ईश्वरपुर नगर कमिटीका अध्यक्ष मेन कुमार गौतम, हरिपुर नगर कमिटी अध्यक्ष चूडामणि धामीसहितका नेताहरु एमालेमै फर्केका हुन् ।
एमालेमै फर्किएका उनीहरुलाई मलगंवास्थित एमालेको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य एवं सर्लाही ईन्चार्ज कमला देवी महतो, सह–ईन्चार्ज बद्री न्यौपाने, प्रदेश उपाध्यक्ष रेवती पन्त, जिल्ला अध्यक्ष राजनारायण साहले अबिर र खादा लगाइदिएर पार्टीमा स्वागत गरेका छन् ।