पार्टीका जिल्ला सभापति भुवन श्रेष्ठको नेतृत्वमा रुरु प्राथमिक स्वास्थ केन्द्रमा पुगेको टोलीमा पार्टीका पुर्व सभापति राजेन्द्र पन्त पार्टी पुर्व उपसभापति शलिक पन्थि बर्तमान उपाध्यक्ष विष्णु बलाल सचिव खिलध्वज पन्थी लगाएतका नेता सहभागी हुनुहुन्थ्यो ।टोलिले रुरु प्राथमिक स्वास्थ केन्द्र को बर्तमान अवस्था भौतिक सँरचना स्वास्थ केन्द्रमा जडान गरिएका उपकरण बारे रुरु स्वास्थ केन्द्रका प्रमुख समेत रहनु भएका डाक्टर विकाश पन्थीबाट जानकारी लिनुका साथै थप सुविधा सम्पन्न गराउन आफ्नो तर्फ बाट पहल हुने निरिक्षणमा अस्पताल पुगेको टोलीले आश्वासन दिएको छ ।
रुरुक्षेत्र गाउँ पालिका वडा न १ का वडा सभापति अमूल्य श्रेष्ठको पहलमा यो अवलोकन गरिएको थियो ।गुल्मी जिल्लामै पहिलो पटक रुरुक्षेत्र गाउँपालिकाको रिडीमा रहेको रुरु प्राथमिक स्वास्थ्य केन्द्रमा अत्याधुनिक डिजीटल एक्सरे मसिन जडान गरिएको छ ।पाँचसय एम्पेएरको यो डिजिटल एक्सरे मसिन रुरुक्षेत्र गाउँ पालिकाको पहलमा लुम्बिनी प्रदेश सरकार बाट उपलब्ध भएको हो ।
अत्याधुनिक डिजीटल एक्सरे मसिन जडान भएसँगै ढाड कम्मर टाउको लगाएत शरिरका अन्य भागहरुको स्पष्ट एक्सरे आउने र अब अत्याधुनिक एक्सरेका लागि बुटवल पाल्पा लगाएतकामा जानू नपर्ने भएको छ ।रुरु प्राथमिक स्वास्थ केन्द्रमा जडान गरिएको डिजिटल एक्सरे मसिन कलर डोप्लर सहितको रहेको डाक्टर पन्थीले बताउनु भयो ।गुल्मी पाल्पा र स्याङ्जाको सँगम स्थल रिडीमा रहेको रुरु प्राथमिक स्वास्थ केन्द्र अत्यधिक बिरामीको चाप हुने ठाउँ भएको र ले पनि अत्याधुनिक एक्सरे मसिन जडानको आवस्यकता रहेको थियो ।रुरु प्राथमिक स्वास्थकेन्द्र मा भौतिक सँरचना हुँदा हुँदै पनि चाप बढि र चिकित्सक कम हुँदा समस्यमा जुधि रहेको छ ।
अध्यक्ष : वसन्त अधिकारी / सम्पादक : सरिता पौडेल / सम्पर्क : ९८५७०६४२५२