बिरेन्द्र गिरी, दाङ \छड्के न्युज- पूर्व मेची देखि पश्चिम महाकाली जोड्ने एक मात्र महेन्द्र राजमार्ग भित्र पर्ने दाङको लमही(भालुवाङ सडक खण्ड खाडल र पोखरीमा परिणत मार्गमा परिणत हुँदै जान थालेको छ । सिसहनियाँ देखि लमही सम्मको सडक कालोपत्रे भएर सुधार आएपनि पहरुवा देखि भालुवाङ सम्मको सडक मर्मत नहुँदा ठुलठुला खाडल बन्दै जान थालेको छ ।लुम्बिनी प्रदेशको स्थायी राजधानी क्षेत्रको सडकको यो दुरदसाले सवारी चालक र स्थानीयले निकै सास्ती खेप्नु परेको छ । ठुला(ठुला खाडल भएर पानी पोखरी बन्दा सम्म प्रदेश सरकार र स्थानीय सरकार सहित सडक डिभिजन कार्यालयले त्यस तर्फ ध्यान नदिंदा अहिले दिनहु जसो दुर्घटना हुने गरेको स्थानीय तथा सवारी चालकहरुको भनाई रहेको छ ।
उक्त सडकमा हजारौ साना ठुला गाडीहरु आहोर दोहोर गर्ने गर्दछन् । तर सडक डिभिजन कार्यालय दाङले कालोपत्रेका नाममा कमसल काम गर्ने गरेका कारण कालोपत्रे भएको वर्ष दिन नपुग्दै सडकमा खाल्डाखुल्डी पर्ने गरेका छन् ।यता यस विषयमा सडक डिभिजन कार्यालय दाङमा बुझ्दा कार्यालय प्रमुख निरज शाक्यले वर्षाका कारण काम गर्न नसकिएको बताए । वर्षा रोकिन साथ सडक कालोपत्रे गर्ने उनले आश्वासन दिए ।सडकमा पानी पोखरी बनेको महिनौ दिन भई सक्यो अव पनि सडक डिभिजन कार्यालय दाङले सडक कालोपत्रे नगर्ने हो भने कुनै न कुनै दिन ठुलो दुर्घटना भई त्यसले ठुलो क्षती निम्त्याउने निश्चत छ ।