दैलेख -दैलेखमा सत्तारुढ नेपाली कांग्रेसले एक १९ वर्षीया किशोरीले ईतिहास रचेकी छन् । उनलाई पार्टीले वडा समिति सभापतिमा निर्वाचित गरेपछि देशभरका कांग्रेसीहरु समेत उत्साहित बनेका हुन् ।
शुक्रबार भएको वडा अधिवेशनमा दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ३ मा १९ वर्षीया स्वस्तिका महत सभापतिमा निर्वाचित भएकी हुन् । स्वस्तिका दैलेखका कांग्रेस नेता स्वर्गीय नेता भुपेन्द्र महतकी छोरी हुन् । कांग्रेसले उनलाई सर्वसम्मतले वडा सभापति बनाएको हो ।
कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत शुक्रबार ४१ जिल्लामा वडा अधिवेशन भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य एगराज पोखरेलले शुक्रबार साँझसम्म ४१ जिल्लाका सबै वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भइसकेको जानकारी दिए ।
वडा देखि केन्द्रीय सभापति सम्मका पदमा निर्वाचन गरेर नयाँ नेतृत्व स्थापित गर्न कांग्रेसी कार्यकर्ताहरु कम्मर कसेर लागेका छन् । महाधिवेसन भनेको पार्टीलाइ चलायमान बनाउने राष्ट्रिय चाड र महोत्सव समेत मानिन्छ ।साभार : अनलाइन मार्ग