छड्के न्युज डटकम/साउन १८,गुल्मी –गुल्मी जिल्लाको इश्मा गाउँपालिका ५ हुलाकेमा अवस्थित जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा नयाँ शैक्षिक सत्रको लागि न्युनतम शुल्कमा भर्ना खुलेको छ । शैक्षिक सत्र २०७९/८० का लागी शिक्षालयले ३ बर्षे डिप्लोमा इन जियोम्याटिक्स् इन्जिनियङ (सर्भेइङ सव इन्जिनियर) पढ्न चाहाने विद्यार्थीका लागि भर्ना खुलाएको हो ।
गाउँघरकै विद्यालयमा न्युनतम शुल्कमा ३ बर्षे डिप्लोमा इन जियोम्याटिक्स् इन्जिनियरिङ (सर्भेइङ सव इन्जिनियर) अध्ययनलागि साउन २६ गते सम्म भर्ना खुलेको शिक्षालयका प्रमुख कुवेर अधिकारीले जानकारी दिए ।पढ्न चाहाने विद्यार्थीले भर्ना डिपोजिट तथा पहिलो समेस्टारको लागि शुल्क २५ हजार , दोस्रो देखि छैटौं सेमेस्टारसम्म १२ हजारका दरले जम्मा ८५ हजार शुल्क लाग्ने शिक्षालयका प्रमुख अधिकारीले बताए । एस.एल सी उत्तिर्ण वा टि.एस.एल .सी.प्रि डिप्लोमाको हकमा ६८.३३ प्रतिशत प्राप्त,अक्षराङ्क पद्धति अनुसार एस.इ.ई.परिक्षामा अनिर्वाय गणित र विज्ञान विषयमा न्यूनतम सि र अंग्रेजी विषयमा न्युनतम डि प्लस ग्रेड ,नयाँ ग्रेडिङ २०७८ अनुसार एस.इ.ई.परिक्षामा अनुवार्य गणित र विज्ञान बिषयमा न्युनतम सि र अन्य बिषयमा डि ग्रेड प्राप्त गरेको हुनुपर्ने बिज्ञापनमा उल्लेख गरिएको छ ।
त्यस्तै यस विद्यालयमा भर्ना भई अध्ययन गर्न चाहाने विद्यार्थीले एस.एल.सी वा एस.इ.ई. परिक्षामा लव्धाङ्क पत्र,चारित्रिक प्रमाणपत्र,नागरिकता वा नाबालकको प्रमाणपत्र र दुई वटा पिपि साईजको फोटा चाहिले विद्यालयले जनाएको छ । शिक्षालयले आवेदन फारक शुल्क एक हजार पाँच सय तोकेको छ । गुल्मी तथा छिमेकि जिल्लाका विभिन्न स्थानिय तहका बिद्यार्थीहरु लाभान्वित हुने अपेक्षा लिईएको छ ।