कालीगण्डकी गाउँपालिकाले भदौ १३ गतेबाट भौतिक उपस्थितिमै विद्यालयहरु संचालन गरेको शिक्षा शाखा प्रमुख अग्निधर पराजुलीले जानकारी दिए। विद्यार्थी संख्या धेरै भएका विद्यालयहरुमा समूह विभाजन गरेर स्वास्थ्यका मापदण्डरु पालना गर्दै संचालनमा ल्याएको पराजुलीले बताए।
यस्तै सत्यवती गाउँपालिकाले गत आइतबारबाटै विद्यालयहरु संचालनमा ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविश्वर रेग्मीले जानकारी दिए। गाउँपालिकाको कार्यपालिकाको बैठककले विद्यालय संचालन गर्ने निर्णय गरेअनुसार नै विद्यालय संचालनमा ल्याइएको रेग्मीको भनाई छ।
यस्तै चन्द्रकोट, इस्मा, मुसिकोट र रेसुङ्गा नगरपालिका २७ गते आइतबारबाट विद्यालयहरु संचालन गरेको प्रमुख प्रशासकीय अधिकृतहरुले जानकारी दिएका छन्। गुल्मीदरबार गाउँपालिकाले भने २८ गते सोमबारबाट विद्यालय संचालन गर्ने जनाएको छ।
गुल्मी जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्थानीय तहलाई संक्र’मणको अवस्था हेरेर विद्यालय संचालन गर्ने वा नगर्ने भन्ने बारेमा अधिकार दिँदा नै उत्तम हुने भएकाले यस्तो निर्णय गरिएको दाबी गरिन्।
जिल्लामा ५११ सामुदायिक र ५४ संस्थागत गरी ५६५ विद्यालयहरुमा ६९ हजार ८१८ विद्यार्थी संख्या रहेको शिक्षा तथा समन्वय इकाई, गुल्मीले जनाएको छ।
जिल्लामा कोरो’नाका सक्रिय संक्र-मित ३२४ जना रहेका छन् भने संक्रम’णका कारण ९६ जनाको ज्या’न गइसकेको स्वास्थ्य कार्यालय, गुल्मीले जनाएको छ। खबरमार्केटमा प्रकाशित गरिएको खबर हामिले साभार गरेका हौं ।