भाद्र ०१,गुल्मी – गुल्मीको कालीगण्डकी गाउँपालिकाले “कृषि वन जटिबुटी पर्यटन युवा स्वरोजगार भौतिक पूर्वाधार, समावेसी विकास नै कालीगण्डकी गाउँपालिकाको आधार” भन्ने लक्ष्य लिएको गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा पनि विगतका वर्षहरुमा जस्तै विभिन्न योजना, नीति तथा कार्यक्रमहरुका लागि बजेट विनियोजन गरेको छ ।
कालीगण्डकी गाउँपालिका ७ हिलेमा निमार्णधिन बहुउद्धेश्यीय सभा हलको भवन निर्माणधिन अवस्थामा रहेको छ । विगत ३ वर्ष सम्म टुक्रे योजनाको रुपमा निरन्तरता दिई रु १२ लाख रकम विनियोजनमा निमार्णधिन भवन सम्पन्न हुन सकेको छैन ।भवन निमार्ण समितिका अध्यक्ष बिनोद गिरीका अनुसार वडा भित्र रहेका बिभिन्न संघसंस्थाद्वारा हुने सबै खालका बैठक, सभा जस्ता कार्यक्रमहरुको सहजताका लागी उक्त बहुउद्धेश्यीय सभा हलको भवन निमार्ण गर्न थालिएको बताउछन् ।
गिरीका अनुसार अहिले सम्म भवनको छत ढलाई कार्य मात्रै भएको र भवन निमार्ण सम्पन्न गर्नका लागि समितिका सम्पूर्ण पदाधिकारी र हिलेका नागरिकहरुको जनश्रमदान रहे पनि आर्थिक वर्ष २०७९/०८० का लागी निरन्तरता दिन बजेट विनियोजन नहुँदा भवन सम्पन्न नहुने भएको देखिएको छ ।गाउँपालिकाको योजना तथा कार्यक्रमहरु अघिल्ला वर्षहरुमा शुरुआत गरेता पनि केही योजनाहरु प्राविधिक समस्याले हो वा अन्य प्रकारले निरन्तरता नदिएको भन्ने विषयमा नागरिक अनविज्ञ रहेको गिरीले बताए ।
योजना टिप्पणी गर्दा मैले जानकारी गराएकै हो उनले भने । उनका अनुसार अन्य योजनाहरु खानेपानी र मोटर बाटोको पनि उस्तै समस्या रहेको छ । त्यस्तै धार्मिक स्थल हिले सत्यवती मन्दिर र खेलकुद मैदानको काम पनि अलपत्र अवस्थामा रहेको छ ।चालु आर्थिक वर्षमा विनियोजन गरेका योजनाहरु हिलेमा निमार्णधिन बहुउद्धेश्यीय सभा हलको भवन जस्तै नहोस भन्दै सम्वन्धित निकायको ध्यान आर्कषण हुन आवश्यक रहेको पनि गिरीले बताए ।समाचार स्रोत : ईपरी न्यूज