भाद्र ०९, गुल्मी – जिल्लाको शैक्षिक धरोहरका रुपमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसमा केहिदिन अघि आर्थिक संकटकाल घोषणा गरिएको छ । बिगत ४० बर्षदेखि उच्च शिक्षा प्रदान गर्दै आएको क्याम्पसमा आर्थिक संकट घोषणा भएलगत्तै पछिल्लो समय क्याम्पसको चारैतिर आलोचना भइरहेको छ ।
विभिन्न राजनीतिक दल , भादृ-संघ संगठन हुँदै शिक्षाबिदले समेत सामाजिक संजाल मार्फत क्याम्पस र संचालक समिती प्रति आपत्ति जनाउँदै आएका छन् । नेकपा एमाले रेसुङ्गा नगरकमिटीले आर्थिक संकटकाल फिर्ता लिन आग्रह गर्दै संचालक समिती अध्यक्ष र क्याम्पस प्रमुखको राजिनामा समेत माग गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी एमाले रेसुङ्गा नगर कमिटीले बिहिवार पत्रकार सम्मेलन गरि क्याम्पसको आर्थिक संकटकाल प्रति आपत्ति जनाउदै आर्थिक संकटकालको नाममा क्याम्पसका सयौ विद्यार्थीको भविष्य अन्यौल पार्ने खेल भइरहेको एमाले रेसुङ्गा नगर कमिटी अध्यक्ष हरि प्रसाद पोखरेलले बताए । अध्यक्ष पोखरेलले भने ´क्याम्पसमा सिङ्गो जीवन समर्पित गरेका प्राध्यापक, कर्मचारीको पेशागत हकहित सुनिश्चित गर्न नसक्ने संचालक समिति र प्रशासन नेतृत्व जिम्मेवारीमा बसिरहनुमा नैतिक प्रश्न उठेकोले तत्काल राजिनामा दिई समस्या समाधानमा लाग्नुपर्ने बताए ।
हालै सम्पन्न स्थानीय निर्वाचनमा नेताहरू सस्तो लोकप्रियताको लागि क्याम्पसको उन्नतिको प्रतिबद्धता देखाएर स्थानीय निर्वाचन जितेको नेतृत्वले क्याम्पस प्रति कुनै चासो नदिएको एमालेको आरोप छ ।रेसुङ्गा बहुमुखी क्याम्पस संचालक समितिले केही दिन अघि आर्थिक संकटकाल घोषण गरेको छ । पोखरेलले जारी गरेको प्रेस बिज्ञप्तीमा क्याम्पसलाई आजसम्म काङ्ग्रेसले आफ्नो बिर्ता ठानेकोले यो अवस्था आएको उल्लेख छ।