धरान – धरानका मेयर हर्क सम्पाङले शर्मिला तामाङलाई एक महिनाको तलब दिने घोषणा गरेका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो एक महिनाको तलब दिने घोषणा गरेका हुन् । थापाथलीस्थित प्रसुति गृहको गेटमा पानीपुरी बेच्दै आएकी शर्मिला तामाङको ठेलालाई बिहीबार काठमाडौं महानगरको नगर प्रहरीले खोसेर लगेको भिडियो विषय अहिले मिडिया र सामाजिक सञ्जालमा भाइरल भएको छ ।
साम्पाङले लेखेका छन्, ” यी बहिनी को हुन् ? यिनलाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु! जय मान्छे!” साम्पाङले सहयोगको घोषणा गरेपछि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रसंशा गरेका छन् । उनले भनेका छन्- ‘स्यावास ! हर्क साम्पाङ विपद/विभेदमा परेको मान्छेको आँसु पुछ्नुभन्दा ठूलो धर्म/कर्तव्य अरू केही हुन्न ! मानवतावाद भन्दामाथि अरू केही हुन्न !’
उनको यो निर्णय पनि बालेनप्रतिको कटाक्ष भएको बालेन समर्थकले आरोप लगाएका छन् । बालेन समर्थकले सामपाङलाई सहयोग गर्ने नै हो भने मिडियामा नआएका हजारौ यस्ता पात्रलाई सहयोग गर्न पनि आग्रह गरेका छन् ।