छड्के न्युज डटकम मुसिकोट नगरपालिकामा जनप्रतिनिधिकै संलग्तामा आर्थिक अनियमितता भएको भन्दै नेपाली काँग्रेस नगर कार्यसमिति मुसिकोटले प्रेस विज्ञप्ती निकालेको छ । आइतबार निकालिएको प्रेस विज्ञप्तीमा जनताको सेवाको लागी निर्वाचित भएका जनप्रतिनिधि नै अनियमितता र भष्ट्रचारको काण्डमा मुछिदाँ सम्म नगरपालिकाले कारवाहि तथा चासो नदेखाएको भन्दै बिज्ञप्ती निकालिएको नेपाली काँग्रेस नगर कार्यसमितिले जनाएको छ ।
मुसिकोट नगरपालिका वडा नम्बर २ मा जनप्रतिनिधिको संलग्नतामा आर्थिक अनियमितता गरिएको भन्ने बिषयमा नगरपालिकालाई आरोप लागीरहेको तर यसमा नगरपालिकाले भने कुनै चासो देखाएको छैन् । नेपाली काँग्रेस मुसिकोट नगरपालिकाका कार्यवाहक सभापति बेगप्रसाद शाक्यद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा वडा नम्वर २ का स्थानीय जनताहरुको आवाजहरुलाई अबिलम्ब छानविन गरी दोषी जनप्रतिनिधिमाथि कार्वाहीको लागि जोडदार माग गरिएको छ ।
साथै, प्रेस विज्ञप्ती मार्फत मुसिकोट नगरपालिकाका विभिन्न वडामा कोभिड १९ बिरुद्धको खोप कार्यक्रममा लापरबाही भएको उल्लेख गर्दै नेपाली कांग्रेस मुसीकोटले गम्भीर ध्यानकर्षण भएको बताइएको छ । लक्षित वर्ग बारम्बार खोप केन्द्रमा जाँदा खोप नपाउनुले मुसिकोट नगरपालिकाको स्वास्थ्य क्षेत्र अस्तव्यस्त भएको संकेत गर्ने विज्ञप्तीमा उल्लेख छ ।