मंसिर २७,गुल्मी – आम नागरिकले प्रत्याभूति गर्ने गरी स्वास्थ्य उपचारमा सहज पहुँच पु¥याउने हेतुले सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम झन्झट भएको गुल्मीका सेवाग्राहीले गुनासो गरेका छन् । वि.सं.२०७६ माघ २१ गते देखी गुल्मी जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागु गरिएको छ । सरकारले संचालन गरेको स्वास्थ्य बीमा कार्यक्रमको महत्व र प्रभावकारीता बारे सेवाग्राहीले बुझ्न थालेपछि जिल्लामा स्वास्थ्य बीमा गर्नेको संख्या दैनिक बढ्दै गएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
स्वास्थ्य बमिा कार्यक्रमले नियमित औषधि प्रयोग गर्ने दीर्घरोगी र आकस्मिक बिरामीका लागि राहत दिएको भएता पनि उपचारमा जाँदा बिभिन्न प्रक्रियाले ढिलाइ हुने गरेको सेवाग्राही सुलोचन थापालेले गुनासो गरे । ३ हजार ५ सय रुपैयाँमा एक परिवारका ५ जना सदस्य भएको परिवारले १ लाख बराबरको स्वास्थ्य सेवा पाउँछन् । परिवारका सदस्य बढि भएमा प्रतिब्यक्ति ७ सय तिरेर बार्षिक २० हजारका दरले स्वास्थ्य सेवा पाउने गर्दछन् ।
स्वास्थ्य बीमा गर्नका लागि प्रत्येक वडामा रहेका दर्ता अधिकारीसँग सम्पर्क गर्न सकिन्छ । गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधारणलाई प्रदान गर्ने र स्वास्थ्य सेवाको सुनिश्चित गर्ने लक्ष्य रहेपनी अस्पतालमा आकस्मिक बाहेक अन्य सेवामा बीमा भएपनि उपचारको प्रक्रिया एकनास भएको उनी जस्तै गुल्मी अस्पतालमा सेवा लिन आएका सेवाग्राही चुरामणी आर्चायले बताए ।
आर्थिक वर्ष २०७६÷७७ मा ७ हजार ८ सय १७, ७७÷७८ मा ५८ हजार ३ सय ९२ र ७८÷७९ मा ९७ हजार २ सय ४३ जनाले स्वास्थ्य बीमा गराएको बीमा बोर्ड गुल्मीले जनाएको छ । बीमा गरेपछि सबै रोगको उपचार र सबै औषधि निःशुल्क पाउनका लागि नीति नै परिवर्तन गर्नुपर्ने स्वास्थ्य बीमा वोर्ड गुल्मीका दर्ता अधिकारी धुव्रराज बोगटीले बताए ।