पश्चिम् नवलपरासीको सिमानाकाको मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरीले नै विभिन्न नाकाहरुवाट तस्करी गराएको रहस्य बाहिर आएको छ सशस्त्र प्रहरी बल बिओपी भुजहवा , गेरमाको मिलोमतोमा भुजहवा , गेरमा , परासी भई व्यापक रुपम तस्करी भईरहेको अहिले नवलपरासी जिल्ला नै चर्चाको बिषय बनेको छ ।। सशस्त्र प्रहरीले सिमानाकामा स्वयम आफै खटि तस्करीको सामानहरुको स्कटिङ्ग गरि कटाउने गरेको रहस्य खुलेको छ ।
भुजहवा , गेरमा नाकामा ५ देखि ७ जना सशस्त्र प्रहरीका जवानहरु नाकामा खटेको हुन्छ तर उनीहरू छली चोरी तस्करी रोक्न लागि हैन बल्की उनीहरू बाहिरको माथिल्लो निकायका टोली न आओस र पत्रकार नदेखोस तथा एस्कटिंग गरि तस्करी गराउन कै लागि धेरै सँख्यामा सशस्त्र प्रहरी खटाई तस्करी गराईरहेको नाम नछाप्रने सर्तमा प्रत्यक्षदर्शीले बताएका छन्। भुजहवा , गेरमा सिमानाकामा मुख्य कारोबार अहिले भारत बिहार सिमा नजिक पर्ने बरगदवा बजार , ठुठिबारी बजार, लक्ष्मीपुर बजारबाट हरा मटर , बोईलर कुखुरा र कपडा, मारवलको तस्करी चली रहेको छ । यसका अलावा इन्डियामा सस्तो परेका कारण इन्डिया बाट किराना आईटम, कपडा,हड्वेयर, मोटर पार्ट्स, सुर्ती पदार्थ, पनि चल्ने गरेको छ।
यस्तै नेपाल बाट मोटर ,घरेलु चूवाइ रक्सी र सिल प्याक रक्सी,नेपाली पाइप लगायतको तस्करी भइरहेको छ ियस्तै मोटो रकम महीनवारी बुझाउदै भैसी ,राँङ्गाको रातभरी तस्करी भईरहेको स्थानीयहरुले बताएका छन्। यस्ता भ्रष्ट इन्चार्जहरुका कारण पूरै सशस्त्र प्रहरी संगठन नै बदनाम हुने गरेको छ । यस सम्बँधमा माथिल्लो निकाय को ध्यान जान अति आवश्यक देखिएको छ । अब यो हेर्न बाकी नै छ कि सशस्त्र प्रहरी बल बेलासपुर का एस पि महेश अधिकारीले के कस्ता कार्वाही गर्लान ।स्रोत :निस्पक्ष खबर