बैशाख ११, गुल्मी – मदाने गाउँपालिकाको अध्यक्ष पदका लागि सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका मदाने गाउँपालिका अध्यक्ष बेगम चन्द उम्मेदवार भएका छन । पाँचदलिय गठबन्धनबाट गुल्मी जिल्लाका १२ स्थानिय तह मध्ये ४ स्थानिय तहको प्रमुखमा माओवादी केन्द्र लाई परेको छ । जसले गर्दा मदाने गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रले पाएको हो । गाउँपालिकाको उपाध्यक्षमा नेपाली काङ्ग्रेसले पाएको छ तर नेपाली काङ्ग्रेसले उम्मेदवारीको टुङ्गो लगाउन सकेको छैन ।
स्थानीय तहको निर्वाचनको मिति नजिकिदै छ । चुनावको रौनकले अहिले गाउँ तथा शहरको माहोल खुबै तातेको छ । संघिय सरकार आएपश्चात दोस्रो पटक पाँच वर्षका लागि जनप्रतिनिधी चुनिदै छन् । स्थानिय तहको निर्वाचन रौनक गुल्मीको मदाने गाउँपालिकामा पनि देखिएको छ । नेकपा एमाले गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष देखि सबै वडाको वडा अध्यक्ष टुङ्गो लगाएर उम्मेदवार बनेका छन ।
सत्तारुढ गठबन्धनमध्ये नेपाली काङ्ग्रेसबाट पालिकाका केही वडामा वडा अध्यक्षका लागि उम्मेदवार टुङ्गो लगाइसकेको छ । जसमा वडा नम्बर १ बाट सुशील चन्द, वडा नम्बर ४ म्यालपोखरीबाट प्रेम सेनको नाम सिफारिस गरिएको छ । वडा नम्बर ५ मलागिरीबाट हरी सेन, वडा नम्बर ६ पुर्कोटदहबाट मनिराम थापा र वडा नम्बर ७ भनभनेबाट सन्तोष केसीको नाम सिफारिस भएका छन ।
बाकी वडा नम्बर २ बाझकटेरी र वडा नम्बर ३ सिर्सेनीबाट गठबन्धनबाट टुङ्गो नलागेको नेपाली काङ्ग्रेस मदाने गाउँपालिकाका सभापति महेन्द्र कुँवरले जानकारी दिए । जिल्ला बाट आउने आधिकारिक जानकारी र गठबन्धनको निर्णयअनुसार भोलि मनोनयन दर्ता गरिने बताइएको छ ।