तस्बिर : लोकान्तर डटकम काठमाडौं – योजनावद्ध तरिकाले पीडितलाई पटक-पटक फोन गरी तथा प्रत्यक्ष भेटी डर, धम्की तथा त्रास देखाई ७ करोड रूपैयाँ माग गरेको अभियोगमा ७ जनालाई काठमाडौंका विभिन्न स्थानहरूबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं रातोपुल बस्ने गुल्मी धुर्कोट गाउँपालिका-२ ठेगाना भएकी २९ वर्षीया बसन्ता खनाल, गोठाटार बस्ने उदयपुर त्रियुगा नगरपालिका -१० ठेगाना भएका २१ वर्षीय सुजन आचार्य, काठमाडौं बुढानिलकण्ठ बस्ने कालिकोट सान्नी त्रिवेणी गाउँपालिका- ८ ठेगाना भएका २९ वर्षीय टेक विक र काठमाडौं कोटेश्वर बस्ने बझाङ खप्तडछान्ना गाउँपालिका-७ ठेगाना भएका २९ वर्षीय धर्मराज थापा रहेका छन् । त्यस्तै पक्राउ पर्ने अन्यमा काठमाडौं कांडाघारी बस्ने काभ्रे तेमाल गाउँपालिका-२ ठेगाना भएका ३३ वर्षीय उमेश भण्डारी, काठमाडौं सिनामंगल बस्ने चितवन भरतपुर महानगरपालिका-११ ठेगाना भएका ३२ वर्षीय सुरज शर्मा र काठमाडौं सिनामंगल बस्ने काठमाडौं महानगरपालिका ९ ठेगाना भएका ३३ वर्षीय श्रवण कार्की रहेका छन्
उनीहरूले पीडितबाट उक्त रूपैयाँ माग गरेको भन्ने सूचना प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो उनीहरू माथि आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।