मंसिर ११, गुल्मी – गुल्मी प्रतिनिधि सभा समानुपातिक मतमा नेकपा एमाले पहिलो दल बनेको छ । त्यहाँको अन्तिम परिणामअनुसार नेकपा एमालेले ५३ हजार ५८३ मत समानुपातिकमा पाएको छ भने दोस्रोमा नेपाली काँग्रेसले ४१ हजार ८६४ मत पाएको छ ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले १२ हजार ३७९ मतका साथ तेस्रो स्थानमा छ भने नेकपा माओवादी केन्द्रले ११ हजार ६९४ मत पाएको छ ।