किरण अधिकारी /असोज १३ गुल्मी / छड्के न्युज डट कम– इस्मा गाउँपालिकाको आर्थिक सहयोगमा हेफर नेपालको साझेदारीमा संस्था इस्मा कृषि तथा पशु विकास महिला सहकारी संस्था लिमिटेड को आयोजना मा। इस्मा गाउँपालिका वडा नं ५ इस्मा रजस्थल मा एक कार्यक्रम गरी पालिका ले कृषकहरूलाई उत्पादनमा आधारित अनुदान वितरण गरेको छ। पालिका भित्रका ३/५ वडाका १३५ जना बाख्रा पालन गर्दै आएका कृषक हरूलाई उत्पादनका आधारमा अनुदान वितरण गरेको हो। किसान ले उत्पादन गरेको प्रत्येक किलो को ३१ रूपैयाँ का दरले किसानलाई भुक्तानी गरेको छ। जसमा उत्कृष्ट बाख्रा पालन व्यवसायी रूपमा कमला जिसी छानिएकी हुन उनले करिब ७०० केजी भन्दा बढी मासु उत्पादन गरेर उनी उत्कृष्ट बनेकी हुन।
कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख लक्ष्मण विष्ट ले आफु निर्वाचित भैसकेपछि महिला सशक्तिकरणको अभियानमा लागेको उनले बताए महिला दिदि बहिनि हरु र आम किसान को जिवनस्तर सुधार्नको लागि आफु अहोरात्र खटेको बताउदैं आफ्नो कार्यकाल भित्र धेरै जनमुखी काम भएको तर धेरै जसो काम ओझेलमा पारिएको बताएका छन अब जनाताको माझ मा पालिका को चार वर्ष देखि यता को प्रगती विवरण लाई घरमा पुर्याउने समय आएको उनले बताए। बिगतका वर्षहरुमा बाख्रा पालन गर्दै आएका कृषक हरूलाई उत्पादन का आधारमा किलो को ५० रूपैयाँ का दरले भुक्तानी गर्दै आएका थियौं तर यस वर्ष बाख्रा उत्पादनमा दोब्बर बृद्धि हुदाँ बिगतका वर्षहरुमा जस्तै अनुमान का आधारमा बजेट विनियोजन गरेको र त्यो रकम अहिले कम हुन पुगेको हुँदा तत्कालै ३१ रूपैयाँ का दरले बितरण गरेको र आगामी पौष महिना भित्र बाकी रहेको १९ % रकम किसानलाई भुक्तानी गर्न प्रतिबद्धता जनाएका छन।
इस्मा गाउँपालिका हेफर संयोजक भरत भण्डारी का अनुसार हेफर नेपाल इस्मा कृषि तथा पशु विकास महिला सहकारी संस्थाको सहकार्य बाट पालिका भित्र कृषि कर्ममा आवद्ध भएका कृषक महिला दिदि बहिनि दाजु हरूको उत्थान र कृषि बाट नै आत्मनिर्भर बनाउनको लागि निरन्तर रूपमा सक्रिय हुदै आएको बताए। बाख्रा पालन गर्न कृषक हरूलाई खोर सुधार देखि बाख्रा जोख्ने मेशिन लगायत कृषक हरूलाई काम मा सघाउन को निम्ति आवश्यक सामग्री हरु उपलब्ध गराउँदै आएको र हालै सहकारी को आफ्नै भवन निर्माण गर्नको निम्ति १५ लाख रुपैयाँ बिनियोजन गरेको भण्डारी बताउँछन्।
कार्यक्रममा मा ३/५ नं वडा का अधिकांश दाजु भाई दिदी बहिनीहरूको उपस्थिति रहेको थियो भने कार्यक्रमको प्रमुख अतिथि लक्ष्मण बिशेष अतिथि बिमला खत्री अतिथि हिरा एसी, नारायण पैयानी, कलानिधि भण्डारी , सिर बहादुर कुँवर को रहेको थियो भने कार्यक्रम संचालन तुल्सा भण्डारी ले गर्नु भएको थियो भने कार्यक्रमको स्वागतस्वागत मन्तव्य तेजमाया अर्यालले दिनुभएको थियो ।