मंसिर १५,गुल्मी – २०७९ मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गर्ने नेतालाई एमाले गुल्मीले कारवाही सुरु गरेको छ ।
गुल्मी क्षेत्र नम्बर -१ का उम्मेदवारलाई निर्वाचनमा असहयोग गरेको भन्दै छत्रकोट गाउँपालिकाले गाउँकमिटिका उप–सचिव चिरन्जीवी पन्थलाई पार्टीको संगठित सदस्य पनि नरहने गरि कारवाही स्वरुप पार्टीबाट निष्कासन गरेको एमाले छत्रकोट गाउँपालिका सचिव यज्ञबहादुर पाण्डेले जानकारी दिए ।
हालै सम्पन्न निर्वाचनमा आफ्ना पार्टीका उम्मेदवारलाई हराउन लाग्ने , पार्टी हित विपरित काम गरेका कारण संगठित सदस्य पनि नरहने गरि कारवाही स्वरुप पार्टीबाट निष्कासन गरेको पाण्डेले बताए । गुल्मी जिल्लामा २ प्रतिनिधि सभा र ४ प्रदेश सभा रहेका छन् ।
जसमध्ये गुल्मी १ प्रतिनिधि सभा सदस्य पदमा एमाले पार्टी सचिव गोर्कणराज विष्ट विजयी भएका छन् । एमाले नेता विष्टले एकिकृत समाजबादी पार्टी सचिव तथा गठबन्धनका उम्मेदवार रामकुमारी झाँक्रीलाई २ हजार ४४ मतान्तर सहित पराजित गरेका थिए ।
प्रदेश सभा (क)मा डिल्लीराज भुसाल र (ख) प्रदेश सभामा दिनेश पन्थी एमालेका द्धय नेता विजयी भएका छन् । गुल्मी १ प्रतिनिधि सभा सदस्य पदमा नेकपा एमालेका उपमहासचिव प्रदीप कुमार ज्ञवालीले दिएका थिए । एमाले नेता ज्ञवालीलाई नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पराजित गरेका छन् ।
त्यस्तै प्रदेश सभा (क) चिन्तामणी पाण्डे र (ख) मा फर्सुराम पाण्डेले उम्मेदवारी दिएका थिए । त्यस्तै प्रदेश सभा (क)मा गठबन्धनका उम्मेदवार सुर्दशन बराललाई एमाले उम्मेदवार पाण्डेले पराजित गरेका छन् । प्रदेश (ख) मा एमाले उम्मेदवार फर्सुराम पाण्डेलाई गठबन्धनका उम्मेदवार धनेन्द्र कार्कीले पराजित गरेका थिए ।