गुल्मी – गुल्मीमा १६ वर्षीय किशोरीलाई जवरजस्ती करणी गरेको आरोपमा २१ वर्षीय युवा पक्राउ परेका छन् ।
जिल्लाको मुसिकोट नगरपालिका वडा नं १ पखेरा बस्ने २१ वर्षीय दीपेन्द्र बिकले सोही स्थानकी १६ वर्षीय किशोरीलाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।
दीपेन्द्रले मंसिर २३ गते राती ८ बजे किशोरीलाई जवरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा पौदी अमराईमा रहेको प्रहरीको टोलीले पक्राउ गरेको हो ।निजलाई जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी जवरजस्ती करणीको मुद्धामा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।