पौष ०३ गुल्मी – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गुल्मीको अध्यक्षमा शिलु भट्टराई चयन भएकी छन् । शनिबार लोक दोहोरी प्रतिष्ठान गुल्मीको सातौंं जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा भट्टराई चयन भएकि हुन् ।
आगमी २ बर्षको लागि अध्यक्ष शिलु भट्टराईको नेतृत्वमा २१ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको छ । समितिको प्रथम उपाध्यक्षमा मोहन बस्नेत, द्धितिय श्रीधर पोखरेल, महिला उपाध्यक्षमा धनमाया राना, सचिव गणेश अधिकारी, सह–सचिव अनिल खत्री, कोषाध्यक्ष, लोकेन्द्र कुवँर , सह–कोषाध्यक्ष कमल कंडेल चयन भएको प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष जनक पन्थले बताए ।
कार्यक्रमको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रमेश बिजीले उद्वघाटन गरेका थिए । अधिवेशनको अबसरमा राष्ट्रिय कलाकार पुस्कल शर्मा, नारायण बिपि परियार, गणेश अधिकारी, उज्वल गिरि, रितु थापा, लालुमाया लगायतका कलाकारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
सातौं जिल्ला अधिवेशनको अबसरमा प्रतिस्ठान गुल्मीले उत्कृट कार्याकाल अन्तर्गत स्रष्टा सम्मानबाट पुर्वअध्यक्ष जनक पन्थ , उत्कृष्ट लोक पत्रकारिता पुरस्कारबाट अनिल खत्री , कलाकार लालुमाया कुँवरलाई पुरस्कृत गरेको थियो ।