काठमाडौँ – इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीलाई निलम्बित गरिएकाे छ । ३५ तोला सुन र २५ लाख रुपैयाँसहित पक्राउ परेका डीएसपी केसीलाई गृहमन्त्रालयले निलम्बन गरेको हो ।
व्यवसायीको सुन नै कब्जा गरेपछि केसीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको थियो । त्यसपछि उनलाई निलम्बनका लागि गृह मन्त्रालयमा पत्राचार गरिएको थियो ।
हेडक्वार्टरको सिफारिस अनुसार गृहले केसीलाई निलम्बन गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । सुन कारोबारसम्बन्धी मुद्दामा असुली गरेको भन्ने सूचना आएपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा सीआईबीको टोली खटिएको थियो ।