गुल्मी – गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा दिदी समुहबाट बहिनी समुहलाई बाख्रा उपहार प्रदान गरिएको छ । गाउँपालिकाको वडा नं. ६ रिमुवामा बाख्रा उपहार प्रदान गरिएको हो। गाउँपालिकाको वडा नं. ६ मा गठित भयर भञ्ज्याङ् महिला स्वावलम्वी समूह तथा शिवालय महिला स्वावलम्वी समूहले उपहार समुहलाई बाख्रा उपहार दिएको हो।
बाख्रा उपहार कार्यक्रम रुरुक्षेत्र गाउँपालिका, हेफर प्रोजेक्ट नेपाल तथा सामाजिक श्रोत विकास केन्द्रको सहयोगमा कृषि तथा पशु उद्यमशिलता विकास परियोजना अन्तर्गत सम्पन्न गरिएको हो।
गठित २ मुल महिला समुहले उपहार महिला समुहका १५ जना सदस्यहरुलाई १÷१ वटा बाख्रा वितरण गरेको हो। बाख्रासँगै बाख्राको लागि घाँसको बीउ र जुकाको औँषधी पनि वितरण गरिएको थियो । एक वर्ष अघि हेफरको कार्यक्रम अन्तर्गत गठित मुल समुहलाई बाख्रा उपहार दिइएको थियो, एक वर्षमै मुल समुहले उपहार समुहलाई बाख्रा उपहार दिन सफल भएको हो।
मुल महिला समुहका अध्यक्ष भिम कुमारी रेगामीको अध्यक्षतामा सम्पन्न उपहार प्रदान कार्यक्रममा कार्यक्रममा रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीको प्रमुख आतिथ्यता रहेको थियो।