गुल्मी – रुरुक्षेत्र गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर बढाउन सराेकारवालाहरुले जोड दिएका छन् ।रुरुक्षेत्र गाउँपालिका – १ मा अबस्थित भट्कुवा आधारभूत विध्यालयकाे ७० ओैँ वार्षिकोत्सब समारोहमा बाेल्दै रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बताए । विद्यालयको वार्षिकोत्सब कार्यक्रममा बोल्दै अध्यक्ष ज्ञवालीले आफ्ना बालबालिकालाई शिक्षा दिनु सबैभन्दा ठुलाे सम्पत्ति भएको र यसलाई गुणस्तरीय बनाउन अभिभावक ,शिक्षक ,विध्यार्थीकाे उत्तिकै महत्त्वपूर्ण भुमिका रहेकाे बताए ।
बसाइँसराइका कारणले गाउँका विद्यालयमा विद्यार्थीको अभाव र शैक्षिक गुणस्तरमा ह्रास आईरहेकाेले पालिका भित्रका सामुदायिक विद्यालय समायोजनको अवस्था सिर्जना भएको अध्यक्ष ज्ञवालीले बताए ।
पालिका भित्रका केही विद्यालय समायोजनको विषयमा जनस्तरबाट सकारात्मक र असन्तुष्टीका स्वरहरु सुनिएका छन् , बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्नका निम्ति बाध्यात्मक परिस्थिति सिर्जना भएको बुझिदिन सबै अभिभावकलाई रुरुक्षेत्र गाउँपालिकाका सामाजिक तथा शिक्षा संयोजक शेष नारायण पौडेलले आग्रह गरेका थिए ।
भट्कुवा आधारभुत विध्यालय व्यवस्थापन समितिका अध्यक्ष कृ्ष्ण प्रसाद ज्ञवालीकाे अध्यक्षतामा सुरु भएको कार्यक्रममा रिडी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख शँकर भट्टराई ,सँस्कृत माध्यमिक विद्यालयका शिक्षक कृष्ण भट्टराई ,रुरुक्षेत्र गाउँपालिका – १ का वडा सदस्य शुसिल श्रेष्ठ लगाएतले वार्षिकोत्सबकाे अवसरमा शुभकामना दिएका थिए ।
विद्यालयका शिक्षक शालिकराम भट्टराईले स्वागत गरेकाे कार्यक्रममा प्रधानध्यापक दिपक ज्ञवालीले विध्यालयकाे शैक्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।वार्षिकोत्सब कार्यक्रममामा विविध साँस्कृतिक कार्यक्रम सङ्गै विद्यार्थीहरुलाई पुरस्कार र विभिन्न व्यक्तित्व हरुलाई सम्मान गरिएकाे थियाे ।