गुल्मी – गुल्मीमा घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाकाे रेसुङ्गा नगरपालिका -२ छापटाेला बस्ने ४३ वर्षीय खुमकला थापाकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता तथा नायब उपरीक्षक शंकर पाेखरेलले जानकारी दिए ।
मृतक थापा बिहिवार श्रीमान् सँगै घाँस काट्न रेसुङ्गा नगरपालिका-३ दहडाँडामा गएकी थिइन् । दिउँसो ४ बजे घाँस काट्ने क्रममा लडेपछि उनलाई उपचारको लागि जिल्लाको सदरमुकाम तम्घास स्थित गुल्मी अस्पताल ल्याइएको थियो ।