गुल्मी – दुइ दिनअघि निधन भएका गुल्मीका पत्रकार कृष्ण अन्जान ज्ञवालीको आज अन्त्येष्टि गरिएको छ । सुगरका बिरामी रहनुभएका उहाँको उपचारको क्रममा बुटवलमा निधन भएको थियो ।
लामोसमय देखि बिभिन्न पेशा ब्यबसायको अनुभव समेत संगाली पछिल्ला बर्षहरुमा पत्रकारितामा सक्रिय रहनुभएका उहाँको उपचारको क्रममा बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ;साउन १९ गते निधन भएको हो ।
गुल्मी रुरु १ थोर्गा स्यालपोखरीमा स्थायी घर भएका ज्ञवालीले ग्रामिण क्षेत्रको पत्रकारितामा दख्खल राख्नुहुन्थ्यो । उहाँको आज गुल्मीको रिडी कालिगण्डकीमा अन्तिम संस्कार गरिएको भाइ प्रकाश ज्ञवालीले जानकारी दिनुभयो ।
गीत संगितमा समेत रुचि राख्ने उहाँले थुप्रै गीतहरु सिर्जना समेत गर्नुभएको थियो । उहाँको परिवारमा श्रीमती तथा १ छोरी र १ छोरा हुनुहुन्छ । उहाँको अन्तिम संस्कारमा आफन्तजन,शुभेच्छुकहरुको बाक्लो सहभागिता थियो । नागरिक अनलाइन