मुसिकोट युवा क्लबका युवाहरु मुसिकोटको ऐतिहासिक संस्कृती जोगाउन ब्यस्त भएका छ ।
मुसिकोटको ऐतिहासिक सरायनाचको पहिचान जोगाई राख्न मुसिकोट युवा क्लबद्वारा यहि कार्तिक १ गते पुर्णिमाको दिन एतिहासिक सरायनाच प्रतियोगिता तथा पुर्णिमा मेला २०८१ को आयोजना गरिएको छ ।
गत वर्ष मुसिकोट युवा क्लब र वामी विश्व सम्पर्क मंच, नौमती सास्कृतिक समितीको आयोजनामा भब्य सरायनाच महोत्सव आयोजना गरिएको थियो भने अहिले मुसिकोट युवा क्लबको आयोजनामा ऐतिहासिक सरायनाच प्रतियोगिता संचालन गर्न लागिएको मुसिकोट युवा क्लबका अध्यक्ष बसन्त अधिकारीले बताउनु भयो ।
मेलामा ऐतिहासिक सरायनाचको साथमा एतिहासिक चर्के पिङ र लुठे पिङ समेत खेल्न सकिने गरि ब्यवस्थापन गरिएको उपाध्यक्ष दिनेश सिंह ठकुरीले बताउनु भयो ।
सरायनाचको महत्त्व लोप हुँदै गएकोले जगैथुम मन्दिर परिसर मुसिकोट २ गुल्मीमा पुर्णिमाको अवसर पारेर मेला आयोजना गर्न लागिएको र मेलामा विभिन्न परिकारको स्वाद लिनका साथै सस्तो सामान खरिद गर्न समेत सकिने क्लबको निवर्तमान कोषाध्यक्ष साबित्रा विष्टले बताउनु भयो ।
मेलामा राष्ट्रिय तथा स्थानिय कलाकारको समेत प्रस्तुती रहने बताईएक छ ।
स्मरण रहोस मुसिकोट युवा क्लब स्थापनाको छोटो समयमै ९ वटै वडामा आफ्नो छुट्टा छुट्टै समिती बनाएर सामाजिक काममा अग्रसर एक सामाजिक संस्था हो ।