गुल्मी – गुल्मी अस्पतालमा खानेपानीको समस्या समधान भएको छ । अस्पतालले ल्याउदै गरेको खानेपानीको मुल सुक्दै गएपछि केहि दिन यता खानेपानीको समस्या हुँदै आएको थियो ।
अस्पतालमा खानीगाँउ खानेपानी उपभोक्ता समितिले खानेपानी जडान गरिदिएपछि समस्या समधान भएको गुल्मी अस्पताल विकास समितिका सदस्य सञ्जीवनी अर्यालले बताइन ।
![](https://chhadkenews.com/wp-content/uploads/2023/04/received_160492710308017-576x1024.jpeg)
अस्पतालमा लामोसमयदेखि खानेपानीको समस्या रहेको अस्पतालमा अस्पताल विकास समितिमा नयाँ समिति नियुक्त भएर आएसँगै खानेपानी जडानलाई पहिलो प्रथामिकता राखेर समस्या समाधान गरिएको अर्यालले बताइन ।
गर्मी र सुख्खा सिजन सुरुभएसँगै अस्पतालमा खानेपानीको समस्या हुँदै आएको थियो । खानेपानीको समस्याका कारण अस्पतालमा पुग्ने बिरामी तथा ल्यावका सामाग्रीहरुलाई समेत समस्या हुँदै गएको थियो ।गुल्मी अस्पतालमा नयाँ भवन बन्न लागेकाले पनि पानीको समस्या छ ।
![](https://chhadkenews.com/wp-content/uploads/2023/04/received_3208220302802575-732x1024.jpeg)