मनोज कार्की /असोज १८ गुल्मी /छड्के न्युज डटकम- चर्चित संचारकर्मी रबी लामिछानेले असोज १७ अर्थात् आइतबार देखी आफ्नै टेलिभिजन ग्यालेक्सी फोर के बाट आफ्नो कार्यक्रम सिधा कुराको पहिलो श्रृखला प्रशारणमा ल्याएका छन् । उनले टेलिभिजनमा सिधा कुरा प्रशारणमा ल्याएलगत्तै उनको सामाजिक संजालमा निकै चर्चा चलेको छ । आम नेपालीले प्रतीक्षा गरेको सिधा कुरा कार्यक्रमको पहिलो भागमा नै दर्शक तथा स्रोताको मन जित्न सफल भएको छ ।
जनताका गुनासा सुन्ने र सम्बन्धित निकाय सम्म पुप्याई समधान गर्ने कार्यक्रम सिधा कुराका संचालक रवी लामिछानेको मुहारमा पनि अर्कै चमक देखिएको थियो। संचारकर्मी लामिछानेले सिधा कुरा जनता संग न्युज २४ मा कार्यक्रम चलाउने गर्दथे। उनले केहि महिना अगाडी मात्रै टेलिभिजन छाडेर आफ्नै टेलिभिजन ग्यालेक्सी फोर के खोलेका थिए । ग्यालेक्सी फोर के टेलिभिजनले छोटो समयमै धेरै दर्शक तथा स्रोताको माया बटुलि सकेको छ । उक्त टेलिभिजनबाट नेपालमा हुने अधिकंश रियालिटी सो प्रशारण हुने भएका छन् । बिहान देखि बेलुका सम्म प्रशारण हुने समाचारहरु पनि फरक शैलीमा प्रशारण हुने ग्यालेक्सी फोर के टेलिभिजनले जनाएको छ ।
टेलिभिजनको प्रधानमन्त्री शेर बहादुर देउवाले उद्धघाटन गरेका थिए । लामिछानेले सिधा कुरा को पहिलो श्रृखलामा नै गरिब जनताको कथालाई बिशेष रिपोर्ट बनाएर प्रस्तुत गर्न सफल भएका हुन् भने उक्त रिपोर्टमा एक गरिब नेपालीले भोग्नु परेको वास्तविक पिडामा केन्द्रित भई प्रशारण गरेका छन् । ग्यालेक्सी फोर के अन्य टेलिभिजनको तुलनामा राम्रो क्वालेटी र सफा देखिएको छ । हेर्नुहोस् चर्चित संचारकर्मी रवी लामिछानेद्धारा ग्यालेक्सी फोर के टेलिभिजनमा प्रशारित सिधा कुरा कार्यक्रमको पहिलो श्रुखला हेर्न यो लिन्क थिच्नुहोस् …..