८ मंसिर, गुल्मी । नेपाल पाराभेटेरिनरी एण्ड लाईभस्टक एशोसिएशन को ३३ औं वार्षिक उत्सवको अवसरमा भेटेरीनरी अस्पताल तथा पसु सेवा बिज्ञ केन्द्र गुल्मीमा पहिलो सेवाग्रहीलाई सम्मान गरेको छ । वार्षिक उत्सवको अवसरमा नेपाल पाराभेटेरिनरी एण्ड लाईभस्टक एशोसिएशन गुल्मीले जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर ८ निवासी बिष्णु कुँवरलाई सम्मान गरेको छ ।
वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा नेपाल पाराभेटेरिनरी एण्ड लाईभस्टक एशोसिएशन प्रदेश संयोजक तथा भेटेरीनरी अस्पताल तथा पसु सेवा बिज्ञ केन्द्र गुल्मी प्रमुख हुमाकान्त पाण्डेले कार्यालयका पहिलो सेवाग्रहीलाई सम्मान गरेका थिए । नेपाल पाराभेटेरिनरी एण्ड लाईभस्टक एशोसिएशन को ३३ औं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा नेपाल पाराभेटेरिनरी एण्ड लाईभस्टक एशोसिएशन प्रदेश संयोजक हुमाकान्त पाण्डेको प्रमुख आतिथ्यता र नेपाल पाराभेटेरिनरी एण्ड लाईभस्टक एशोसिएशन गुल्मीका अध्यक्ष महेन्द्र पोखरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
पशु स्वास्थ्य तथा पशु विकासको क्षेत्रमा २०४७ सालदेखि कृयाशिल प्राविधिकहरुको साझा संस्था नेपाल पारा भेटेरिनरि एण्ड लाइभस्टक एसोसिएसनको हो ।
अध्यक्ष : वसन्त अधिकारी / सम्पादक : सरिता पौडेल / सम्पर्क : ९८५७०६४२५२