बसन्त अधिकारी
गुल्मी- मंसिर, ११
बेतपानी ठुलोपोखरा लिफ्टङ खानेपानी उपभोक्ता समितिको आयोजनामा बेतपानी खानेपानी मुहान र मुसिकोटको गौरव लालीगुरास थुमा पार्कमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
वातावरण सुन्दर राखे मानव जीवन स्वस्थ्य हुन्छ भन्ने अभियानका साथ १० / १० दिनमा ३ समूह बनाएर बेतपानी मुहान ठुलोपोखरा बजार क्षेत्र र पर्यटकिय तथा एतिहासिक स्थल थुमा पार्कमा सरसफाइ गर्दै आइरहेको मुसिकोट ३ का वडा सदस्य तथा खानेपानी उपभोक्ता समितिका सचिब थम्मन बहादुर घिमिरेले जानकारी दिनुभयो ।
नगरपालिकाको एक घर एक धारा कार्यक्रम अन्त्रगत बेतपानीबाट लिफ्ट गरि ठुलोपोखरामा ल्याइएको छ पानीको अभावमा काकाकुल भएका जनतालाई पानी खुवाउन तत्कालिन नगरप्रमुख सोमनाथ सापकोटाले महत्वपूर्ण अभियान लिएको उपभोक्ता समितिका अध्यक्ष मान बहादुर कार्कीले स्मरण गर्दै धन्यवाद समेत दिनुभयो थप्दै उहाले भन्नुभयो अहिलेको स्थानिय सरकारलाइ चासो छैन मर्मत लगाएत सबै खर्च उपभोक्ताबाटै उठाएका छौ ।
स्थानिय उपभोक्ता शान्ती रिज्याल भन्नुहुन्छ अहिले नगर सरकारलाइ मतलब छैन चर्को शुल्क तिर्न बाध्य छौ मासिक न्युनतम १०युनिटको ५००/- तिर्दै आएका छौ ।
यो लिफ्टिङका उपभोक्ता थोरै छौ पानीको मुहान पनि सानो छ योजना सुरुवात गर्दा पनि ७०/३० को योजना अन्तरगत उपभोक्तालाई धेरै नै मर्का परेको थियो अहिले त झन चर्को महशुल उठाउन बाध्य छौ स्थानिय तहबाट केही सहयोग पाएका छैनौ चलाउनै धौ धौ भएको छ लिफ्टिङ खानेपानीका अभियन्ता स्थानिय समाजसेवी लोक बहादुर कार्कीको भनाइ छ ।
योजना निर्माण गरेर मात्र हुँदैन त्यसलाइ संरक्षण सम्बर्द्धन र दिगो राख्नु हाम्रो कर्तब्य हो ।
अध्यक्ष : वसन्त अधिकारी / सम्पादक : सरिता पौडेल / सम्पर्क : ९८५७०६४२५२