वसन्त अधिकारी
गुल्मी- ११, मङ्सिर
नेशनल लाईफ इनस्योरेन्स कम्पनी लि. र काठमाण्डौ इन्ष्टिच्यूट अफ चाईल्ड हेल्थ (Kathmandu Institute of Child Health) बिच आज एक सम्झौता भएको छ ।
बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ मा हाल निर्माणाधिन २०० बेड क्षमताको गैह्र नाफा मूलक बाल अस्पताल निर्माण परियोजनाका लागि नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ३ वर्ष सम्म प्रति वर्ष रु.२५ लाखका दरले वित्तिय सहयोग उपलव्ध गराउन कम्पनीको तर्फबाट आज एक समारोहका बिच कम्पनीको कार्यकारी प्रमुख श्री सुरेश प्रसाद खत्रीज्यू र इन्ष्टिच्यूटको तर्फबाट संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोईरालाले सम्झौतामा हस्ताक्षर गर्नु भएको छ ।
सोही अवसरमा सम्झौतामा हस्ताक्षर गर्दै कार्यकारी प्रमुख श्री सुरेश प्रसाद खत्रीले पहिलो किस्ता रकम रु २५ लाख को चेक पनि सो संस्थालाई हस्तान्तरण गर्नुुुभएको नेेेशनल लाइफ परीवारले जनाएको छ ।