असार ३१ ,अर्घाखाँची – लोकतन्त्रबादी पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको नवौं महाधिवेशनको मिति नजिकिँए सँगै अर्घाखाँचीका कृयाशिल पत्रकार प्रेमनारायण आचार्यले केन्दीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । युनियनको सृदृढिकरण तथा ट्रेड युनियन अधिकार कार्यान्वयनको लागि आफूले उम्मेदवारी दिएको उनको भनाई छ ।
दुई दशक देखि पत्रकारीतामा आबद्ध आचार्य बौद्धिक तथा निडर पत्रकार रुपमा छबि बनाएका छ्न् । विभिन्न राष्ट्रिय सञ्चारमाध्यममा काम गरिसकेका उनी हाल अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिक, उज्यालो, एभिन्युज टेलिभिजन लगाएतमा आबद्ध छन् ।
उनले महाधिवेशन प्रतिनिधिहरुलाई केन्द्रीय सदस्यमा मतदान गरि विजयी बनाउनुहुन समेत आग्रह गरेका छन् ।
को हुन त आचार्य ?
२०४५असार १ गते सन्धिखर्क नगरपालिका १० धरम्पानीमा जन्मिएका प्रेम नारायण आचार्य अर्घाखाँचीको पत्रकारिता जगरका एक खम्बा हुन् ।
२०६३ सालबाट पत्रकारिता शुरु गरेका आचार्य पत्रकारिता विषयमा एमए अध्ययनरत छन् ।
समाचारपोष्ट डटकमका सम्पादक समेत रहेका आचार्यसंग राष्ट्रीय समाचार समिती (रासस) , अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिक , एभिन्युज टिभी , उज्यालो नेटवर्क , रेडियो देउराली लगायतका मिडियामा काम गरेको अनुभव छ ।
शिक्षा पत्रकारिता पुरस्कार , विकास पत्रकारिता पुरस्कार , वातावरण पत्रकारिता पुरस्कार , जिपि कोईराला पत्रकारिता पुरस्कार लगायतका पुरस्कार प्राप्त गर्न सफल आचार्य अहिले पनि व्यवसायीक पत्रकारिता गरिरहेका छन् ।
२०६३ सालमा नेपाल प्रेस युनियनको जिल्ला सचिव भएका आचार्य , प्रेस युनियनका केन्द्रीय प्राषद रहदै आएका थिए । नेपाल पत्रकार महासंघ अर्घाखाँचीमा दुई कार्यकाल जिल्ला सचिवको कुशलता पुर्वक जिम्मेवारी निर्वाह गरेका छन् ।
आचार्य नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका सस्थापक कार्य समिति सदस्य समेत हुन् ।