गुल्मी। राष्ट्रिय आविष्कार केन्द्रका संचालक तथा सच्चा बैज्ञानिक महाविर पुनलाइ आज मुसिकोटमा स्वागत गरिएको छ ।
आफ्नो पुस्तक बेच्दै पश्चिमी भेग बाग्लुङको हटिया, खर्वाङ हुदै बुर्तिबाङको रुट बनाएर हिडेका पुनलाइ मुसिकोटमा सक्रिय मिडिया युनिक खवर, छ्ड्के मिडिया र नवखवरको पहलमा गुल्मीको मुसिकोटमा ल्याइ भब्य स्वागतको साथै सहयोग गरिएको हो ।
“हिजो मात्र हटिया हुँदै बुर्तिबाङ सम्मको रुटमा आउने थाहा भएपछी उहाँलाई सम्पर्क गरि विषेश अनुरोधमा मुसिकोटमा ल्याउन सफल भएको युनिक खवर डट. कम. का सम्पादक राम कृष्ण कंडेलले बताउनु भयो ।
“हामीले महाविर पुन सङ सम्प्रक गरिसकेपछी नगरपालिकाको टिम र स्थानिय समाजसेवी तथा शिक्षाप्रेमी ब्यक्तित्वसङ समन्वय गरि पुस्तक खरिद तथा सहयोगको वातावरण सिर्जना गरियो” कंडेलले बताउनु भयो ।
“हाम्रो समन्वयले बैज्ञानिक महावीरलाइ मुसिकोट ल्याउन सफल भयौ मुसिकोट ६ का शिक्षाप्रेमी रमेश खरेलबाट रु एक लाख सहयोग हस्तान्तरण भयो भने मुसिकोटका अन्य ब्यक्तिहरुले पनि स्वेच्छाले सहयोग गर्नु भयो साथै २५० भन्दा बढि किताब खरिद समेत गरियो” नवखवर डट. कम. का सम्पादक बिष्णु प्रसाद आचार्यले बताउनु भयो ।
छोटो स्वागत कार्यक्रममा बोल्दै बैज्ञानिक पुनले आफुले केही फरक खोज गर्छु भन्दा सरकारले असहयोग गरेकोले किताब लेखेर बिक्री गर्दै हिडेको साथै किताब बिक्री गरेको पैसाले राष्ट्रिय आविष्कार केन्द्रलाई पुर्णता दिने बताउनु भयो ।
स्वागत कार्यक्रममा मुसिकोट नगरपालिकाका नगर प्रमुख लगाएत कार्यालयको टिम अन्य सामाजिक रजनितिक तथा शैक्षिक ब्यक्तित्व, पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।