गुल्मी, मंसिर १४
एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लगाएत नेकपा एमाले केन्द्रिय सचिवालयको टिम गुल्मीको वामीटक्सार आउने भएको छ।
यही मंसिर २० गते मुसिकोट नगरपालिका-७, वामीटक्सारमा आयोजित ऐतिहासिक जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओली लगाएत टिम वामीटक्सार आउने नेकपा एमाले मुसिकोटका अध्यक्ष प्रकाश सापकोटाले बताउनु भयो ।
‘सम्बन्ध स्थानीय सन्देश राष्ट्रिय’ भन्ने मुल नाराका साथ नेकपा एमालेले ल्याएको बैतडीको झुलाघाट देखि पाँचथरको चिवाझञ्ज्याङसम्मको मध्यपहाडी पुष्पलाल लोकमार्गमा चल्ने संकल्प यात्रा अन्तर्गत देशभर हुने ३ ठुला सभा मध्ये वामीमा वृहत सभा हुन लागेको र उक्त सभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीको केन्द्रिय सदस्य तथा मुसिकोट नगर इन्चार्ज गणेश खनालले जानकारी दिनु भयो ।
अध्यक्ष ओली सहित झण्डै २०० केन्द्रिय नेता सहभागी हुने उक्त कार्यक्रमलाई भव्य बनाउनका लागि तैयारीका कामहरु तीब्र रुपमा अगाडी बढाईएको पार्टीको नगर कमिटी सचीव गोपिकृष्ण खरेल बताउनुभयो । वामीटक्सार स्मार्टपार्कमा हुने उक्त कार्यक्रममा झण्डै १५ हजार पार्टीका समर्थकहरुको उपस्थिति रहने अनुमान आयोजकले गरेको छ ।
धेरै नेताहरुबिच मुसिकोटकै सबै भन्दा ठुलो र एतिहासिक कार्यक्रम हुने आयोजकले दाबी समेत गरेको छ ।
एमालेको केन्द्रीय कमिटिको छैठौ बैठकले बैतडीको झुलाघाट देखि चिवाभञ्ज्याङ सम्म मध्ये पहाडी (पुष्पलाल) लोकमार्ग समृद्धिका लागि संकल्प यात्रा गर्ने निर्णय गरेको थियो ।