रुपन्देहीको सैनामैना-६, कलौनिमा सम्पन्न स्वर्गीय ढुण्डि थरुनी स्मृती कप अन्तर जिल्ला स्तरिय भलिवल प्रतियोगिताको उपाधी नवलपुरले जितेको छ ।
आज भएको नवलपुर र बाग्लुङ जिल्ला बिचको खेलमा ३ एकको सेटले जित्न सफल भएको हो ।
उपाधी संगै १ लाख ११ हजार १ सय ११, ट्रफी र प्रमाणपत्र, उपविजेता बाग्लुङले ७७ हजार ७ सय ७७, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन भने तृतीयको लागि स्याङ्जा र गुल्मीबिचको खेलमा स्याङ्जाले ३ एकको सेटले आफ्नो कोल्टामा पारेको छ जितसङै स्याङ्जाले ४४ हजार ४ सय ४४, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने सान्तवना हुन सफल गुल्मीले २२ हजार २ सय २२, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छ्न ।
प्रतियोगितामा विधागत उत्कृष्ट र सर्वोकृष्ट खेलाडीहरुलाइ समेत सम्मान सहित पुरस्कृत गरिएको खेल संयोजक विष्णु प्रसाद पाण्डेले बताउनु भयो ।
स्थानीय दुधराक्ष युवा क्लबको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।