बसन्त अधिकारी/ गुल्मी
गुल्मी जिल्ला अस्पतालमा अबदेखी हेमोडायलाइसिस सेवा संचालनमा आउने भएको छ ।
रेसुङा नगर कार्यपालिकाको पहिलो बैठकबाट मृगौला डायलाइसिस गर्ने ब्यबस्था मिलाउन पहल गर्ने निर्णय गरिएको र आज सम्म सबै प्रक्रिया पूरा गरिसकिएकोले अब त्यो प्रकारको बिरामीलाइ सजिलै सेवा दिन सकिने रेसुङा नगरपालिकाका मेयर खिलध्वज पन्थीले बताउनु भयो । यो कार्यलाइ यहाँसम्म ल्यायर सफल बनाउन सहयोग गर्नुहुने सबैलाइ मेयर पन्थीले एकमुष्ट धन्यबाद समेत ब्यक्त गर्नुभयो ।
यस अस्पतालमा हेमोडायलाइसिस सेवा लागू हुने भएकोले उक्त प्रकारको बिरामीले अस्पतालको प्रशासनको सम्पर्क न. ०७९-५२००२४ मा सम्पर्क गर्न जिल्ला अस्पतालका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा. किसोर बन्जाडेको हस्ताक्षरित सुचनामा अनुरोध समेत गरिएको छ ।
अन्य अस्पतालमा यो सेवा लिरहेका बिरामी यहाँ सेवा लिन आएपनी पहिलेको अस्पतालमा नाम नकटाउन अस्पतालले आग्रह गरेको छ ।