बसन्त अधिकारी, गुल्मी
पशुपति नि.मा.वि. मुसिकोट-०४, दजाकोटले आफ्नो ६७औं वार्षिकोत्सब २ दिने कार्यक्रमका साथ सम्पन्न गरेको छ ।
हरेक वर्षको पौष ११ र १२ गते गरिदै आएको विद्यालयको वार्षिकोत्सब यस वर्ष पनि भब्य कार्यक्रमका साथ गरिएको विद्यालयका प्रधानाध्यापक दुर्गा राकसकोटीले बताउनु भयो ।
वार्षिकोत्सब कार्यक्रममा सरस्वती पूजा, विद्यार्थीको मार्च पास, सामुहिक कला प्रदर्शन, अन्तरसदानात्मक रेकर्ड डान्स, गाउँ खाने कथा, रिले दौड, एकल गायन, अभिभावक स्तरीय बेलुन नाच तथा रस्साकस्सी प्रतियोगिता लगाएत कार्यक्रम गरिएको शिक्षक कृष्ण भट्टराईले बताउनु भयो ।
बच्चाहरुको सामुहिक कला प्रस्तुति अरु भन्दा भिन्न र स्थानिय उत्पादन तथा कागजबाट बनाइएका सामाग्री प्रयोगले कार्यक्रम थप आकर्षक बनेको थियो ।
पुर्व प्रधानाध्यापक राम बहादुर थापा र हरी प्रसाद छन्तेलको विशेष आतिथ्यता रहेको कार्यक्रममा विद्यालयमा अक्षयकोष संस्थापक र आर्थिक सहयोग गर्ने चन्दादातालाइ सम्मान समेत गरिएको शिक्षक सोम बहादुर पेमीले बताउनु भयो ।
कार्यक्रममा विद्यालयका प्रधानध्यापक दुर्गा बहादुर राकसकोटीले विद्यालयको शैक्षिक तथा आर्थिक वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो, वडा अध्यक्ष जुक्त बहादुर छन्तेल, त्रिभुवन नमुना मा. वि. का प्रधानाध्यापक जित बहादुर रायमाझी, मुसिकोट मा.वि. सहायक प्रधानाध्यापक ज्ञानेश्वर आचार्य र पृथ्वी मा.वि. शिक्षक बोम बहादुर छन्तेल लगाएतले संस्थाको थप सफलताको कामना गर्दै शुभकामना मन्तब्य प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रम शुभकामना व्यक्त गर्दै प्रमुख अतिथी मुसिकोट नगरपालिकाका मेयर जीवन खरेलले सिमित स्रोत र साधनको बावजुत पनि फरक तरिकाले बिद्यालय चलाउनु भएकोमा स्कुल परिवार, अभिभावक र समुदायलाइ धन्यबाद समेत प्रकट गर्नुभएको थियो ।
दुइ सत्रमा बिभाजित कार्यक्रममा पहिलो सत्रको संचालन शिक्षक सोम बहादुर पेमी र गिता भट्टराईले गर्नुभएको थियो भने दोस्रो सत्रको संचालन शिक्षक कृष्ण भट्टराई र मुना बिश्वकर्माले गर्नु भएको थियो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण पुनको अध्यक्षता, मुसिकोट नगरपालिका प्रमुख जीवन खरेलको प्रमुख आतिथ्यता र शिक्षक कृष्ण भट्टराईको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा संघ संस्था प्रमुख, विभिन्न विद्यालयका प्रधानध्यापक, अभिभावक, शिक्षाप्रेमी, समाजसेवी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।