गुल्मी/ साविक पौदी अमराई तथा हाल मुसिकोट नगरपालिका १ पौदी अमराईमा रहेको छ्त्रभुमी इङलिस बोर्डिङ स्कुलले भब्य कार्यक्रमका साथ आफ्नो पन्ध्रौं वार्षिकोत्सब यहि पौष २९ गते आइतवार गर्ने भएको छ ।
आधारभुत कक्षा संचालित उक्त स्कुल शिक्षण सिकाई क्रियाकलापका साथै अतिरिक्त क्रियाकलापमा पनि अब्बल मानिदै आएको छ ।
नेशनल प्याब्सनमा आवद्ध उक्त विद्यालय गत वर्ष नेशनल प्याब्सन गुल्मीले आयोजना गरेको गणित सीप टेस्ट प्रतियोगिता र चित्रकला प्रतियोगितामा प्रथम स्थान हासिल गरेको संस्थाका प्रध्यानध्यापक राजेस हमालले बताउनु भयो ।
कुनै पनि सार्वजनिक बिदामा बन्द नहुने मुसिकोटका दुई निजि विद्यालय मध्ये बडागाउ ज्ञानकुन्ज इङलिस स्कुल, मुसिकोट ३ गुल्मी र छ्त्रभुमी बोर्डिङ स्कुल रहेको नेशनल प्याब्सन गुल्मीका अध्यक्ष ओम बहादुर टन्डनले जानकारी दिनु भयो ।
हरेक वर्ष राष्ट्रिय कलाकारको साथमा मनाउदै आइरहेको वार्षिकोत्सब यस वर्ष अझै फरक तरिकाले गर्ने आयोजकले बताएको छ । यसवर्ष आन्तरिक विद्यार्थीका कार्यक्रमका साथै आधारभुत तह स्कुल स्तरीय हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम समेत गर्ने भएको छ ।
कार्यक्रममा विषेश आकर्षणको रुपमा मुसिकोटमै पहिलो पटक लाइभ दोहोरी गर्ने गरि आयोजकले तयारी गरिरहेको संस्थाका डाइरेक्टर सुनिल थापाले बताउनु भयो ।
कार्यक्रममा आकर्षणका रुपमा राष्ट्रिय कलाकार नरेश खाती, लोक गायत तथा हास्य कलाकार उज्वल गिरी, लोक तथा दोहिरी गायिका मन्जु भट्टराई, मोडल तथा डान्सर सविता भुसाल, लोक तथा दोहोरी गायक कमल बराल, गायक तथा संगीतकार राजु दर्लामी, रामु बोमरेल, पुष्कर सारु मगर लगायत आधा दर्जनभन्दा बढी कलाकारको प्रस्तुती रहने र साझ ४बजेपछी लाइभ दोहोरी समेत गरिने आयोजकले बताएको छ ।
कार्यक्रमको पुर्ण तयारी भैसकेको छड्के सम्वादातासङको कुराकानीमा संचालक सुनिल थापाले बताउनु भयो ।