गुल्मी जिल्ला मुसिकोट नगरपालिका ४ मा रहेको मुसिकोट माध्यामिक विद्यालयमा उपभोक्ता हकहित समन्धि सचेतना कार्यक्रम गरिएको सम्पन्न गरिएको छ ।
लुम्बिनी प्रदेश उद्योग बाणिज्य तथा उपभोक्ता संरक्षण निर्देशनालय सिद्धार्थनगर रुपन्देहीको आयोजनामा १ दिने सचेतना समन्धि कार्यक्रम संचालन गरिएको हो ।
उक्त विद्यालयका ७५ भन्दा बढी विद्यार्थीहरुलाई उपभोक्ता हक अधिकार, उपभोक्ता संरक्षण ऐनमा भएका व्यवस्थाहरु, उत्पादकका दायित्वका विषयमा गराइएको निर्देशनालयका निर्देशक अर्जुन बहादुर थापाले बताउनुभयो ।
कारोवारस्थलमा साईनवोर्ड, मूल्यसुची ख्याल गर्नुपर्ने, उत्पादन मिति र उपभोग्य मिति हेरेर मात्र समान खरिद गर्नुपर्ने जस्ता विषयमा विद्यार्थीहरुलाई सिकाउदा समाजमा राम्रो प्रभाव पर्ने हुँदा विद्यार्थीहरुलाई सचेतना गराइएको थापाको भनाई छ ।उहाँले अनुगमन भन्दा पनि उपभोक्ता सचेतना महत्वपूर्ण भएको भन्दै प्रत्येक नागरिक आफैमा सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
मुसिकोट माध्यमिक बिद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष गुप्त बहादुर कार्कीले दुरीका हिसबले धेरै टाढा कार्यालय भए पनि लुम्बिनी प्रदेशको पश्चिम भेग गुल्मीको मुसिकोट सम्म आएर दुर दराजका उपभोक्तालाई सचेत बनाउने कार्यक्रम ल्याएकोमा कार्यालयलाई धन्यवाद व्यक्त ब्यक्त गर्नुभयो ।
लुम्बिनी प्रदेशका १२ जिल्लामै यस्ता खालका सचेतना समन्धी कार्यक्रम गर्ने अभियान अन्तर्गत गुल्मी मुसिकोटको मुसिकोट माध्यमिक विद्यालयमा उक्त कार्यक्रम गरिएको निर्देशानालयले जनाएको छ ।
कार्यक्रम मुसिकोट माध्यमिक बिद्यालयका प्रध्यानध्यापक श्याम बहादुर थापको अध्यक्षता, लुम्बिनी प्रदेश उद्योग बाणिज्य तथा उपभोक्ता संरक्षण निर्देशनालयका निर्देशक अर्जुन बहादुर थापाको प्रमुख आतिथ्यता तथा प्रशिक्षण र शिवहरी मरासिनीको संचालनमा सम्पन्न भएको हो ।