मंसिर ११, गुल्मी
जापानको टोकियोबाट सञ्चालित दोहोरी प्रतियोगीता सिजन दुइको समापन नजिकै, निर्णायक रहेका लोक गायक रामचन्द्र चन्द र साँस्कृतिक सम्योजक रहेका लोक श्रजक हेमनाथ खराल बिच छलफल भयो, गोरखाली ले हामिलाइ केहिदियो अब हामिले गोरखाली का लागि के गर्न सकिएला!
बियोगान्त गित धेरै गरियो यौटा रमाइलो दोहोरी गरौं न! भन्ने भयो।
लोकलय को क्षेत्रलाइ कर्मक्षेत्र बनाएर स्वदेश मा लामो अनुभव संगालेका रामचन्द्र अनि परवास मा बसेर लोकलय बिधामा कलम चलाउने हेमनाथ खराल द्वयको सहकार्य मा, गोरखाली भ्वाइस दोहोरि सिजन दुइमा एक जना निर्णायक र अर्को साँस्कृतिक सम्योजक पनि रहेको नाताले गोरखाली कै प्रथम प्रतिभा लाइ गाउन दिने निर्णय पनि भयो , पञ्चेबाजा गित भएको हुनाले उदियमान पञ्चेबाजा सेट बादक शिषिर परियार लाइ बाजा बजाउन बोलाएको (जसले नौमती को मंगलधुन देखि लोपोन्मुख नरसिङ्गा बाट गायत्री स्वरोच्चारण समेत बजाउने रहेछन् उनि मुनपा ६ गुन्दाराका कलकलाउँदो युवा रहेछन्) त्यतिबेला उनले गित मन परेको र गाउन चाहेको बताए, बहुमुखी प्रतिभा को धनी उज्वल भविष्य बोकेको युबालाइ गित गाउन अबसर दिन पाउनु पनि यौटा उपलब्धी हो भन्ने लागेर अद्भुत गायन क्षमताका धनी नब प्रतिभा गायिका तारा बिसी र बाद्य बादक शिषिर परियार लाइ जोडेर एल्बम् गर्न पाउँदा गौरवान्वित छौँ। रामचन्द्र चन्द आफ्नै एरेन्ज मा धेरै पञ्चेबाजा गरेका भएता पनि केहि नयाँ होस् भन्ने चाहाना ले पञ्चेबाजा मा लोकप्रियताकमाउदै गरेका मनोज परियार ले सँगित समयोजन गर्ने अबसर प्राप्त गरेका हुन्।
निर्देशक समेत रहेका हेमनाथ खराल भन्छन् “मौलिक ठेट बोलिका शब्द र सबैको पकडमा आउने खालको सरल भाकामा गीत पस्कने कोसिस गरेका छौं”।
गोरखाली भ्वाइस दोहोरी सिजन दुइ का प्रमुख सल्लाहकार तथा बरिष्ठ संगितकार नारायण रायमाझी, जुरी मा रहेका सुप्रसिद्ध लोक श्रजक साहित्यकार रमेसबिजी, निर्णायक परदेशी गायक सुर्य खड्का/निर्णायक तथा बरिष्ठ गायिका शर्मिला गुरुङ को प्रतक्ष आशिर्वाद रहेको यो शृजना, बिस्वास आचार्य लगायत सिंगो गोरखाली भ्वाइस परिवार को प्रतक्ष सहभागितामा निर्माण गरिएको हो, केबल शुभचिन्तक का लागि गरिएको यो कृती के कस्तो बन्यो हामिले भन्दा पनि तपाई हरुले शुभ चिन्तक, दर्शक श्रोता हरुले, सुझाब पठाइदिन कञ्जुस्याइँ नगरिदिन तथा मन परे शेयर सब्सक्राइब गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं लोक गायक रामचन्द्र चन्दले भने।