गुल्मी – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी) गुल्मी जिल्लाको संगठन निर्माण अभियान सुरु भएको छ । अभियान अन्तर्गत इस्मा गाउपालिका २ मा रामलाल घिमिरे अध्यक्षतामा २१ सदस्यीय वडा भेला कमिटी गठन भएकाे हाे । वडा कमिटीको सचिवमा बिक्रम पान्डेय रहनुभएकाे छ । अध्यक्ष सचिव लगायत सदस्यकाे जिम्मेवारी प्राप्त गर्ने सवैलाई जिल्ला कमिटी अध्यक्ष श्रीराम महतले हार्दिक बधाइ सहित सुभकामना ब्यक्त गर्नुभएको छ । साथै उहाँले एकीकृत समाजवादी पाटीकाे अभियानमा गोलबन्द हुन जिल्लाबासी आमा, बुबा, दाजु, भाइ तथा दिदी बहिनी हरुमा हार्दिक अनुरोध समेत गर्नुभएको छ । नवगठित अध्यक्ष घिमिरेले अब छिट्टै टाेल कमिटीहरु समेत गठन गर्ने बताउनुभयो । अहिले पनि नेकपा एमालेकाे किल्लाका रुपमा परिचय गराउने एमालेका ती सपना अब सपनामै सिमित हुने भन्दै घिमिरेले ईस्मा २ मा आफ्नो पाटी एकीकृत समाजवादीकाे वहुमत वनाएर जाने दावी गर्नुभयाे । ईस्मा गाउपालिका पूर्व मन्त्री गाेकर्ण विष्टकाे जन्मगाउँ समेत हाे । एकीकृत समाजवादी पाटी गुल्मीले पहिलाे सगंठन निर्माणकाे अभियान उनै विष्टका गाउँवाट गरेको हाे । ( कामना डेली)
अध्यक्ष : वसन्त अधिकारी / सम्पादक : सरिता पौडेल / सम्पर्क : ९८५७०६४२५२