छड्के न्युज ,बाग्लुङ । बागलुङमा कारोना संक्रमण दर ह्वातै बढ्दै गएपछि निषेधाज्ञालाई कडाई गरिएको छ । जिल्ला प्रशासन कार्यालय बागलु्ङमा आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डिसिएमसिको बैठकको निर्णय अनुसार साउन २८ गतेदेखि भदौं ५ गते सम्म कडाईका साथ निषेधाज्ञा गर्ने निर्णय गरेको निमित्त प्रमुख जिल्ला अधिकारी गणेश गौतमले जानकारी दिनुभएको छ ।बैठकले साउन २८ गते बिहान ५ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा थप कडाइका साथ लागू गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञाको समयमा सरकारी र गैर सरकारी कार्यालयहरु,बैंक,सहकारी,विमा तथा वित्तिय संस्था, शैक्षिक संस्थाहरु र अतिआवश्यक बाहेकका सार्वजनिक तथा निजी यातायात बन्द गरिने भएको गौतमले बताउनुभएको छ । बैठकले अत्यावश्यक खाद्यान्न,फलफूल, माछामासु तथा दूधका पसल आइतबार, बुधबार र शुक्रबार मात्रै बिहान १० बजेसम्म सञ्चालन गर्न दिइने भएको उहाँको भनाई छ ।जिल्लामा ६०३ जना संक्रिय संक्रमित रहेको र ६३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देश प्रकाश घिमिरेले जानकारी दिनुभयो ।