रुरुक्षेत्र गाउँपालिकामा १० जना,इस्मा गाउँपालिकामा ८ जना, गुल्मीदरबार गाउपालीकामा १ जना,मालिका गाउपालीकामा २ जना र कालीगण्डकी गाउपालीकामा १ गरि २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २ जना निको भएर डिस्चार्ज भएका छन ।
जिल्लामा संक्रिय संक्रमित ३ सय ७२ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण ९७ जनाले ज्यान गुमाएका छन ।